प्रधानमन्त्री केपी शर्मा ओली द्वारा लुम्बिनी केबलकार निर्माण शिलान्यास

Machchapuchchre

अर्थ राजनीति  ~  भगवान् बुद्धको जन्मभूमि लुम्बिनीमा आइएमई समूहको अगुवाईमा पाँचतारे होटलसहित केबलकार निर्माण कार्य  सुरु भएको छ । केबलकार र होटलमा आक्रामक लगानी गरिरहेको आइएमई समूहको यो दोस्रो ठुलो प्रोजेक्ट हो। यो समूहको अगुवाईमा काठमाडौंको चन्द्रागिरिमा केबलकारसहित होटल संचालनमा रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार शिलान्यास गरेको लुम्बिनी केबलकार एक वर्षभित्र निर्माण सक्ने लक्ष्य लिइएको छ। यो केबलकारको दुरी  बुटवलदेखि पाल्पासम्म तीन किलोमिटरको हुनेछ । यो प्रोजेक्टको काम एक वर्षभित्रै सक्ने आइएमई समूहका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् । उनका अनुसार केबलकार निर्माणका लागि आवश्यक सबै प्रक्रिया सकिएको र सप्लायर्ससँग सामानको सम्झौता समेत भइसकेको छ। केबलकार एक वर्षभित्र र होटल दुई वर्षभित्र निर्माण सक्ने लक्ष्य राखेको समेत  ढकालले स्पष्ट परे। केबलकारको बटम स्टेशन बुटवल-३ बमघाटमा रहने छ भने टप स्टेशन पाल्पाको तिनाउ गाउँपालिका-३ वसन्तपुर डाँडामा रहने छ। त्यही टप स्टेशनमा पाँचतारे होटल रहने पनि उनले बताए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्