आइतबार सुनकाे मूल्यमा सामान्य गिरावट

Machchapuchchre

अर्थ राजनीति  ~  आज आइतबार  साताको कारोबारको पहिलो दिन सुनको मूल्य पुन घटेको छ । शुक्रबार प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन प्रतिताेला एक सय रुपैयाँ घटेर ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ भने  चाँदीको मूल्य थोरै बढेको छ । शुक्रबार प्रतितोला १३२० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १५ रुपैयाँले बढेर १३३५ रुपैयाँमा कारोबार भइरहेको व्यवसायी महासंघले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्