आज फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन्स डे

Machchapuchchre

अर्थ राजनीति ~  हरेक वर्ष १४ फेब्रुअरीका दिन प्रेमीप्रेमिकासँगै आफन्त र परिवारजनमा प्रेम, सद्भाव र भातृत्व साटासाट गरी प्रणय दिवस मनाउने गरिन्छ । प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको बताइन्छ । यो दिवस अहिले विश्वभर चर्चित छ । पश्चिमा संस्कृति भए पनि त्यसको प्रभाव बढ्दै जाँदा पछिल्लो समय नेपालमा प्रणय दिवस ‘भ्यालेनटाइन्स डे’ मनाउने प्रचलन बढ्दै गएको छ । दिवसमा युवायुवतीको आकर्षण र गुलाफको फूलको माग बढ्दो छ । पर्यटकीय नगरी सौराहा प्रणय दिवस (भ्यालेन्टाइन डे) मा आन्तरिक पर्यटकले भरिभराउ देखिएको छ । शुक्रबार र शनिबारको बिदा र यसपछिको प्रणय दिवसले आन्तरिक पर्यटकको आगमन उत्साहजनक भएको यहाँका  व्यवसायी हरु बताउछन् ।  देशका विभिन्न क्षेत्रबाट आन्तरिक पर्यटक पारिवारिक र जोडी घुम्न आएका छन् । समूहगतरुपमा घुम्न आउनेको सङ्ख्या पनि राम्रो रहेको उहाँको भनाइ छ । अंग्रेजी नयाँ वर्षको दिनपछि शनिबार सबैभन्दा बढी पर्यटक सौराहामा  १४ फेब्रुअरीका लागि आएको उनको भनाइ छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्