निर्वाचन आचारसंहिताबारे आयोग दलहरुसंग छलफल गर्दै

Machchapuchchre

अर्थ राजनीति  ~ सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी बैशाख १७ र २७ गते निर्वाचन मिति तोकेको छ । त्यहि सिलसिलामा  निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको मस्यौदा तयार पारिसकेको र सो मस्यौदाबारे राजनीतिक सबै दलका प्रतिनिधिहरुसँग आज छलफल हुदै गरेको बताएको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आचारसंहिताको मस्यौदामा राय परामर्श लिन आज बिहान दलहरुलाई बोलाइएको जानकारी दिएका छन् ।छलफलका लागि आयोगले नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवासहित सबै पार्टीका अध्यक्ष तथा सभापतिहरुलाई बोलाएको छ । दलहरुसँग छलफल गरिसकेपछि निर्वाचन आचारसंहिता सार्वजनिक गर्ने आयोगले जनाएको छ।  प्रतिनिधिसभा विघटनसँगै नेकपा विभाजित भएको हो भने  एउटा खेमाको नेतृत्व प्रधानमन्त्री ओलीले र अर्को खेमाको नेतृत्व प्रचण्ड-माधव नेपालले गरेका छन् । दुवै पक्षले आधिकारिक नेकपा आफूहरु नै रहेको दाबी गर्दै आए पनि निर्वाचन आयोगले आधिकारिकताको विवाद टुंगो हाल सम्म लगाउन सकेको छैन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्