चीनसँग जोडिएका तातोपानी नाका र रसुवास्थित रसुवागढी नाका बन्द

Machchapuchchre

अर्थ राजनीति  ~  चिनियाँ भन्सारका  श्रमिकहरु ल्होसार छुट्टीमा गएपछि नेपाल- चीनबीचको दुईवटा व्यापारिक नाका बन्द भएको छ । हाल सिन्धुपाल्चोकस्थित तातोपानी नाका र रसुवास्थित रसुवागढी नाका बन्द रहेको जानकारी आएको छ । कोरोनाका कारण एक वर्षदेखि पूर्ण सञ्चालनमा आउन नसकेको रसुवागढी नाकाबाट सीमित रुपमा भइरहेको आयात पनि बिहीबारबाट ठप्प भएको रसुवागढी भन्सार कार्यालय प्रमुख रामप्रसाद रेग्मीले बताए। चिनियाँ कामदारहरु ल्होसार छुट्टीमा गएकाले  दैनिक पाँच कन्टेनरका दरले भइरहेको आयात पनि अहिले बन्द रहेको समाचार छ । चिनियाँ भन्सार अधिकारीसँग भएको कुराकानीमा अझै झण्डै १० दिन आयात प्रभावित हुने जानकारी आएको छ ।  ल्होसारकै कारण तातोपानी नाका पनि बन्द भएको भन्सार कार्यालयले जनाएको छ । ल्होसारका कारण चाइनिज व्यवसायी र श्रमिक बिदामा जाँदा शुक्रबारदेखि आयात ठप्प भएको तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले जानकारी दिए । अरु ठोस कारण केही पनि नभएकोले चिनियाँहरु बिदाबाट फर्कीएपछि सम्भवत मंगलबारबाट नाका सञ्चालनमा आउने अनुमान  गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्