प्रदेश १का मुख्यमन्त्री राई भन्छन् “जनताको विश्वासमा तातो पानी “

Machchapuchchre

अर्थ राजनीति ~ प्रदेशसभाको तेस्रो वार्षिक उत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावलाई जनताको विश्वासमा तातो पानी खन्याउने काम भएको टिप्पणी गरेका छन् । अविश्वासको प्रस्तावलाई मुख्यमन्त्री राईले जनविरोधी हर्कतको संज्ञा दिँदै यसविरुद्ध एकजुट हुनुपर्ने पनि बताएका छन् । प्रदेशमा जनातामा पैदा भएको विश्वास, उत्साह र आशामा तातो पानी खन्याउदै संविधान र संघीयतालाई नै कमजोर बनाउने गलत प्रयास भएको उनको भनाई छ । प्रदेश १ को प्रदेशसभामा मुख्यमन्त्री राई बिरुद्ध नेकपा प्रचण्ड–माधव समूहले अविश्वासको प्रस्ताव दर्ता गराएको थियो तर  उक्त प्रस्तावमाथि प्रदेशसभामा छलफल हुन सकेको छैन । संसदीय व्यवस्थाको प्रचलित नियम विपरीत अविश्वासको प्रस्ताव आएकाले वैधानिकता प्रश्नको निरुपण गरी प्रस्तावको सामना गर्ने मुख्यमन्त्री राईले बताए । प्रदेशसभाले राजधानीको टुङ्गो लगाएको र नामको पनि चाडै टुङ्गो लगाउने समेत उनले  स्पष्ट बताए । शून्यबाट सुरु भएको प्रदेश सरकारले तीन वर्षमा महत्वपूर्ण उपलब्धी हासिल गरेको उनले बताए। विश्वब्यापी रुपमा फैलिएको कोरोना महामारीका बेला समेत प्रदेश सरकारले महत्वपूर्ण योगदान गरेको बताउँदै उनले तीन वर्षमा सरकारले महत्वपूर्ण उपलब्धी हासिल गरेको खुलासा गरे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्