तीनवर्षे कार्यकालका उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओली

Machchapuchchre

अर्थ राजनीति  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तीन वर्षे कार्यकालका उपलब्धि आज सार्वजनिक गर्दै छन् । सिंहदरबारको मूल भवनमा सारिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट ओलीले सरकारका उपलब्धि सार्वजनिक गर्न लागेका हुन् । २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको सिंहदरबारको मूल भवन प्रबलीकरण गरिएपछि प्रधानमन्त्री कार्यालय आजबाट साविककै स्थानबाट सन्चालन हुँदैछ र  त्यहीँबाट ओलीले सरकारका उपलब्धिबारे जानकारी दिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको तीन वर्षमा के के उपलब्धि भए भन्ने बारे सिंहदरबारको नयाँ भवनबाट प्रधानमन्त्री ओलीले विवरण सुनाउँदैछन् । २०७४ फागुन ३ गते ओली प्रधानमन्त्री का रुपमा नियुक्त भएका थिए। तसर्थ , भवन उद्घाटन कै अवसर परेर  प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ कार्यालयबाट आफ्नो कार्यकालको उपलब्धी सुनाउन लागेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्