प्रधानमन्त्री ओलीको हर्कत राजा-महाराजा झैं हुदैछन् : प्रचण्ड

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको हर्कत राजा-महाराजा झैं हुदै गएका र उनि  विगतमा राजा महाराजाले झैं पञ्चर्‍याली गर्दै हिँडेको टिप्पणी गरेका छन् । सोमबार गृहजिल्ला चितवन पुगेका उनले जमिन बाँड्ने जस्ता प्रलोभन देखाएर ओलीले सर्वसाधारण भेला गरेको भन्दै त्यसको कुनै अर्थ नहुने बताएका छन् । ओलीले पञ्चर्‍याली जम्मा गर्ने, जमिन बाँड्छौं भनेर मान्छे उतार्ने, पहिला पहिला राजा महाराजाले जे गर्थे त्यही गर्नुभएको र अहिले त्यसको कुनै महत्व नरहेको भन्दै प्रचण्डले आफ्नो तर्क राखे । संसद विघटनलाई प्रतिगमन भन्दै  प्रधानमन्त्रीले प्रतिगमनको बाटो पक्डिएदेखि नै उहाँ हारिसकेको साथै अब  मतमा पनि हार्नुहुन्छ र  ब्यवहारमा पनि हार्नुहुन्छ भन्दै  प्रचण्डले प्रस्ट परे । नेपाली जनताले लामो संघर्ष र बलिदानबाट प्राप्त भएको उपलब्धी प्रधानमन्त्री ओलीले धरापमा पारेको समेत बताएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्