दाहाल-नेपाल समूहको जिल्ला नेतृत्व चयन

अर्थ राजनीति  ~  दाहाल नेपाल समूहको नेकपाले देशका ६८  जिल्लाको नेतृत्व चयन गरेको छ । संसद विघटनपछि विभाजित बनेको दाहाल नेपाल समूहले विभिन्न  जिल्लामा नेतृत्व चयन गरेको हो । दाहाल र नेपाल दुबैले समान हैसियतमा संगठनमा नेतृत्व लिने सहमति गरेपछि  जिल्लाले अध्यक्ष र सचिव पाएको छ । दाहाल नेपाल समूहले जारी गरेको सूची अनुसार अहिलेसम्म […]

औद्योगिक क्षेत्रको शिलान्यास गर्न प्रधानमन्त्री आज कञ्चनपुरमा

अर्थ राजनीति  ~  प्रधानमन्त्री केपी शर्मा ओली आज औद्योगिक क्षेत्रको शिलान्यास गर्न  सुदूरपश्चिम प्रदेशको कञ्चनपुर गएका  हुन् । प्रधानमन्त्री ओलीले बिहान साढे ११ बजे औद्योगिक क्षेत्र शिलान्यास गर्ने कार्यक्रम रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले जानकारी दिए । कञ्चनपुरको वेदकोट–२ र ३ मा दैजी छेला औद्योगिक क्षेत्र स्थापना हुन लागेको हो । शिलान्यास […]

बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पुनः परीक्षणको काम हुदै

अर्थ राजनीति  ~  बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षण गर्न आज खानेपानी मन्त्री मणि थापाले साढे २६ किलोमिटर लामो सुरुङमा पानी भर्ने कामको शुभारम्भ गरेका छन् । सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौंको सुन्दरीजलसम्मको सुरुङ भर्न १५ देखि २० दिन लाग्ने अनुमान छ । गत २९ असारमै सुरुङमा पानी भनेर परीक्षण गरिएको थियो तर हेलम्बु गाउँपालिका–१ स्थित […]

बैंकिंग क्षेत्रको नयाँ फट्को : फोनबाट ऋण सुबिधा

अर्थ राजनीति  ~  प्रविधिको विकास संगै, नेपालमा पहिलोपटक सुरु भएको फोन लोनमार्फत एक सय दिनमा एक हजार जनाले ऋण लिएको देखिएको छ । फोन लोन सुविधामा बैंकिङ र कर्पोरेट क्षेत्रमा काम गर्नेहरु माझ आकर्षण बढिरहेको एफवान सफ्टले जनाएको छ । हाल यो सुबिधा  तीनवटा वाणिज्य बैंकले दिएका छन् । नबिल, लक्ष्मी र कुमारी बैंकले फोनबाट […]

खरिद गरिएको कोरोना विरुद्धको खोप आज आउदै

अर्थ राजनीति  ~  नेपाल सरकारले भारतबाट किनेको कोरोनाविरुद्धको खोप आज काठमाडौं आइपुग्दै छ । कोभिशिल्ड खोपको पहिलो खेप आज दिउँसो काठमाडौं ल्याउन लागिएको छ । सरकारले भारतबाट २० लाख डोज खोप किनेको छ । त्यसमध्ये पहिलो खेपमा १० लाख डोज खोप एयर इन्डियाको विमानमार्फत् ल्याउन लागिएको छ । एयर इन्डियाको विमान दिउँसो साढे १ बजे […]

प्रदेश १ मा बोलाइएको बैठक बारे मुख्यमन्त्री र सभामुख छलफलमा

अर्थ राजनीति  ~  प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले आइतबारका लागि बोलाइएको बैठक स्थगित गर्न अस्वीकार गरेका बुझिएको छ । आइतबार बिहान मुख्यमन्त्री शेरधन राईले सूचना टाँस गरी बैठक स्थगित गर्न आग्रह गरेका थिए तर सभामुख भण्डारीले राम्रो सन्देश नजाने भन्दै बैठक स्थगित गर्न अस्वीकार गरेका थिए । प्रदेशसभाको जारी हिउँदे अधिवेशनको तेस्रो बैठक आज […]

जनादेशबाट सत्तामा जाने बाटो उपयुक्त हुने डा. प्रकाश शरण महतको दाबी

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नयाँ जनादेशबाट सत्तामा जाने बाटो कांग्रेसले खोज्नुपर्ने बताएका छन् । जनता र लोकतन्त्रमा विश्वास गर्ने पार्टीले जनतामा जाने कुरा नकार्न नसक्ने उनको भनाइ छ । न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै डा. महतले नेपाली कांग्रेस मुलभूत रुपमा ढिलो या चाँडो नयाँ जनादेशको बाटोबाट मात्रै सत्तामा जाने कुरामा विश्वास […]

कांग्रेसको दायित्व बढ्यो : नेता प्रकाशमान

अर्थ राजनीति  ~  राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेता सिंहले अहिलेको सरकार विधिको हैन हुकुमी शासनको बाटोमा अघि बढ्दा प्रजातन्त्रमाथि पुनः खतरा उत्पन्न भएको दाबी गरेका छ । अभिव्यक्ति स्वतन्त्रता, नागरिक स्वतन्त्रता कुण्ठित गर्ने खालका विधेयकहरू ल्याउनु र संविधानमा हुँदै नभएको व्यवस्था छ भनेर प्रतिनिधिसभा विघटन गर्नुले सरकारको अप्रजातान्त्रिक आकांक्षा छर्लंग बनाएको समेत बताए । उनले […]

नेता नेम्वाङ भन्छन् : तोकिएको मितिमा चुनाव हुन्छ

अर्थ राजनीति  ~  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सुवास नेम्वाङले आउँदो निर्वाचनका लागि तयारीमा रहन सबैलाई आग्रह गरेका छन् । इलाम सदरमुकाममा आज कार्यकर्तासँगको भेटघाटमा चुनाव हुने कुरामा आफू विश्वस्त रहेको नेम्वाङले बताएका छन् । नेता नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीले सही ठानेर नै यो निर्णय गरेको बताए । प्रधानमन्त्रीलाई निर्वाचन घोषणा गर्ने काम […]

आज ७०औ राष्ट्रिय प्रजातन्त्र दिवस

अर्थ राजनीति  ~  आज फागुन ७ गते अर्थात् ७०औ राष्ट्रिय प्रजातन्त्र दिवस ।  राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित प्रजातन्त्र दिवस मूल समारोहमा सरिक हुनु भएको छ। नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट निरङ्कुश राणा शासनको अन्त्य र प्रजातन्त्रको थालनी भएको स्मरणमा हरेक वर्ष फागुन ७ गतेका दिन राष्ट्रिय प्रजातन्त्र दिवसको […]