आज ७०औ राष्ट्रिय प्रजातन्त्र दिवस

Machchapuchchre

अर्थ राजनीति  ~  आज फागुन ७ गते अर्थात् ७०औ राष्ट्रिय प्रजातन्त्र दिवस ।  राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित प्रजातन्त्र दिवस मूल समारोहमा सरिक हुनु भएको छ। नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट निरङ्कुश राणा शासनको अन्त्य र प्रजातन्त्रको थालनी भएको स्मरणमा हरेक वर्ष फागुन ७ गतेका दिन राष्ट्रिय प्रजातन्त्र दिवसको रूपमा मनाउने गरिन्छ । उक्त समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीलगायत उपस्थित थिए । सो अवसरमा उपप्रधानमन्त्री, मन्त्रिगण, संवैधानिक नियोगका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकृत एवं कूटनीतिक नियोगका प्रमुखको बाक्लो उपस्थिति थियो । नेपाली सेनाको हेलिकोप्टरबाट राष्ट्रिय प्रजातन्त्र दिवसअङ्कित ब्यानर प्रदर्शन, पुष्पवृष्टि गरिएको थियो साथै  समारोहमा बेलुन र परेवासमेत उडाइएको थियो । त्यस अवसरमा ज्ञात–अज्ञात शहीदहरूप्रति उच्च सम्मान र श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिरशान्तिका लागि एक मिनेट मौन धारण पनि गरिएको थियो । समारोहमा राष्ट्रिय गान प्रस्तुत गरिनुका साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्काउटलगायतका सङ्घ संस्थाबाट मार्चपास , सदा झैँ समारोहमा विविध सांस्कृतिक झलकसहितका झाँकी तथा  नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलद्वारा राष्ट्रिय गीतका धुनहरुसहितको साङ्गीतिक धुन प्रस्तुत गरिएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्