आज फेरी ओरालो लाग्यो सुनको मूल्य

Machchapuchchre

अर्थ राजनीति  ~  गतवर्ष असारदेखि निरन्तर बढेर नयाँ  कीर्तिमान बनाएको सुनको बजार मूल्यले ओरालो ट्रेन्ड समातेको देखिन्छ ।  बिहिबार सुनचाँदीको मुल्य पुन घटेको हो। बुधबार प्रतितोला ८९ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज प्रतितोला ६ सय रुपैयाँले घटेर ८९ हजार २०० रुपैंयामा कारोबार हुदै गरेको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । यस्तै तेजावी सुन प्रतितोला ८८ हजार ७५० रुपैंयामा कारोबार भइरहेको छ । चाँदीको मुल्य तोलामा ५ रुपैंयाले घटेको पनि महासंघले बताएको  छ । हिजो १३४० रुपैंयामा कारोबार भएको चाँदीको मुल्य आज तोलाको १३३५ रुपैंया कायम रहेको हो  ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्