साताको अन्तिम सेयर कारोबारमा आज अधिकांशले कमाए

Machchapuchchre

अर्थ राजनीति ~ साताको अन्तिम कारोबार बिहीबार सेयर बजार बढेर बन्द भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढ्दा अधिकांशक कम्पनीहरुको सेयर मूल्य बढेको पाइयो । केहि दिन यता बैंकिङ क्षेत्रमा देखिदै आएको लगानीकर्ताको आकर्षण बिहीबार पनि कायमै रहेको देखिएको छ । बैंकिङ, व्यापार, विकास बैंक लगायतका सबइन्डेक्सहरु बढेर हरियाली देखिदा बिमा र लघुवित्तहरुको सबइन्डेक्स भने घटेर राताम्मे देखिएका छन् भने  कारोबार रकम पनि ९ अर्ब रुपैयाँ नजिक पुगेको छ । यस अघि बुधबारको कारोबारमा मुश्किलले ८ अर्ब रुपैयाँको कारोबार भएको थियो । बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक २५ दशमलव २३ अंकले उकालो लागेर २ हजार ६ सय ३६ दशमलव ६८ अंकमा रहयो । ‘क’ वर्गका कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६.७७ प्रतिशतले वृद्धि भएको छ । सबैभन्दा धेरै बिहीबार व्यापार समूहको सबइन्डेक्स बढेको छ । यो समूहको सबइन्डेक्स २.४५ प्रतिशतले बढेको छ भने विकास बैंक २.३३ अंकले बढेको देखिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्