खरिद गरिएको कोरोना विरुद्धको खोप आज आउदै

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल सरकारले भारतबाट किनेको कोरोनाविरुद्धको खोप आज काठमाडौं आइपुग्दै छ । कोभिशिल्ड खोपको पहिलो खेप आज दिउँसो काठमाडौं ल्याउन लागिएको छ । सरकारले भारतबाट २० लाख डोज खोप किनेको छ । त्यसमध्ये पहिलो खेपमा १० लाख डोज खोप एयर इन्डियाको विमानमार्फत् ल्याउन लागिएको छ । एयर इन्डियाको विमान दिउँसो साढे १ बजे नयाँदिल्लीबाट काठमाडौं प्रस्थान गर्ने छ । उक्त खोप त्रिभुवन विमानस्थलबाट टेकुस्थित कोल्डरुपमा भण्डारी गरी यही फागुन २३ गतेदेखि देशैभरका खोप केन्द्रहरुमा वितरण गरिने स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए । यसअघि भारतले नेपाललाई अनुदानमा १० लाख डोज कोभिशिल्ड खोप उपलब्ध गराएको थियो सो खोपबाटै गत माघ १४ गतेदेखि नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु गरिएको थियो । अहिले भारतबाट किनिएको २० लाख डोज खोपमध्ये बाँकी १० लाख डोज पनि छिट्टै प्राप्त हुने स्वास्थ्य मन्त्रालयले बताएको  छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्