बैंकिंग क्षेत्रको नयाँ फट्को : फोनबाट ऋण सुबिधा

Machchapuchchre

अर्थ राजनीति  ~  प्रविधिको विकास संगै, नेपालमा पहिलोपटक सुरु भएको फोन लोनमार्फत एक सय दिनमा एक हजार जनाले ऋण लिएको देखिएको छ । फोन लोन सुविधामा बैंकिङ र कर्पोरेट क्षेत्रमा काम गर्नेहरु माझ आकर्षण बढिरहेको एफवान सफ्टले जनाएको छ । हाल यो सुबिधा  तीनवटा वाणिज्य बैंकले दिएका छन् । नबिल, लक्ष्मी र कुमारी बैंकले फोनबाट ऋण लिन सकिने सुविधा प्रदान गरेका छन् । फोन लोनबाट बैंकमा खाता भएका व्यक्तिहरूले आवश्यकता अनुसार मोबाइलबाट ऋण लिन सक्ने एफवान सफ्टले जानकारी दिएको छ । बैंकमा नियमित कारोबार गरेका र क्रेडिट हिस्ट्री राम्रो रहेका ग्राहकहरूलाई यस्तो सुविधा प्रदान गरिन्छ। हाल बैंकले यस प्रकारको लोन दुई लाख रूपैयाँसम्म दिने गरेका छन् । बैंकमा खाता भएका व्यक्तिहरूले आफ्नो मोबाइल बैंकिङमार्फत निवेदन दिएको केही मिनेटमै ग्राहकको खातामा ऋण उपलब्ध हुन्छ । ऋण लिन इच्छुक ग्राहकले कुनै कागजी प्रक्रिया बिना नै आफ्नो मोबाइल  बैंक एपको प्रयोग गरी ऋणका लागि निवेदन दिन सक्नेछन् । बिना उपस्थिति ,बिना धितो, बिना कागजी प्रक्रिया तत्कालै ऋण पाइने भएकाले यसमा आकर्षण निकै बढेको एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले बताए । उनका अनुसार, फोनबाटै लोन लिन सकिने प्रविधिको विकास हो जसलाई बैंकहरूले एडप्ट गरिदिए । यो सुविधामा अहिले बैंकहरुको आकर्षण निकै देखिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्