कांग्रेसको दायित्व बढ्यो : नेता प्रकाशमान

Machchapuchchre

अर्थ राजनीति  ~  राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेता सिंहले अहिलेको सरकार विधिको हैन हुकुमी शासनको बाटोमा अघि बढ्दा प्रजातन्त्रमाथि पुनः खतरा उत्पन्न भएको दाबी गरेका छ । अभिव्यक्ति स्वतन्त्रता, नागरिक स्वतन्त्रता कुण्ठित गर्ने खालका विधेयकहरू ल्याउनु र संविधानमा हुँदै नभएको व्यवस्था छ भनेर प्रतिनिधिसभा विघटन गर्नुले सरकारको अप्रजातान्त्रिक आकांक्षा छर्लंग बनाएको समेत बताए । उनले संविधान मिच्नेहरुलाई ट्रयाकमा ल्याउनुपर्ने दायित्व यतिबेला कांग्रेसको  काँधमा रहेको प्रस्ट परे। त्यस्तै पार्टीका गतिविधि पनि प्रजातान्त्रिक तवरबाट अगाडि बढाउनु पर्ने दायित्व रहेको पनि बताए । समयमै महाधिवेशन सम्पन्न गरेर पार्टीलाई विधिसम्मत ढंगबाट अघि बढाएर आन्तरिक प्रजातन्त्र मजबुत गर्नुपर्ने चुनौति रहेको उनको भनाइ छ । नेता सिंहले प्रजातन्त्रका पक्षमा अनवरत उभिने तागत सबैमा रहिरहोस् र विधिको शासन बलियो बन्दै जाओस् भन्दै सबैमा प्रजातन्त्र दिवसको शुभकामना व्यक्त गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्