जनादेशबाट सत्तामा जाने बाटो उपयुक्त हुने डा. प्रकाश शरण महतको दाबी

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नयाँ जनादेशबाट सत्तामा जाने बाटो कांग्रेसले खोज्नुपर्ने बताएका छन् । जनता र लोकतन्त्रमा विश्वास गर्ने पार्टीले जनतामा जाने कुरा नकार्न नसक्ने उनको भनाइ छ । न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै डा. महतले नेपाली कांग्रेस मुलभूत रुपमा ढिलो या चाँडो नयाँ जनादेशको बाटोबाट मात्रै सत्तामा जाने कुरामा विश्वास गर्छ भनेर  स्पस्ट परेका छन् । जनताबाटै अनुमोदिन भएर कुनै क्षणिक रुपमा कोहीसँग जोडिएर तत्कालिन पार्टीगत लाभ लिउँ वा व्यक्तिगत लाभ लिउँ भन्ने मानसिकतामा नेपाली कांग्रेसको नेतृत्व नरहेको समेत उनले तर्क गरे ।  जबरजस्ती सत्तामा जाने कुरा अरु पार्टीहरुको लागि स्वाभाविक हुनसके पनि कांग्रेसको लागि नहुने उनको भनाइ छ । सर्वोच्च अदालतले संसद विघटनलाई सदर गरेर निर्वाचनमा जाऊ भन्यो भने नेपाली कांग्रेस तयार रहेको उनले बताए । अदालतले जे फैसला गरे पनि कांग्रेसले स्वीकार गर्ने उनको भनाइ छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्