कोरोनाका कारण रोकिएको पशुपतिनाथको विशेष पूजा फागुन २५ देखि सुरु हुने

अर्थ राजनीति  ~  पशुपतिनाथ मन्दिरमा कोरोना महामारीका कारण एक वर्षअघि देखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि सुरु हुने भएको छ । कोरोना जोखिम कायमै रहे पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर फागुन कृष्ण एकादशीदेखि विशेष पूजा सुरु गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले जानकारी दिए । हाललाई  ११०० देखि २७ […]

नेपाल टेलिकम : शेयरधनीहरुलाई प्रतिशेयर ४० रुपैयाँका दरले लाभांश

अर्थ राजनीति  ~  नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत आर्थिक वर्ष २०७६/७७ बाट शेयरधनीलाई वितरण गर्ने लाभांशको घोषणा गरेको छ। कम्पनीको ८८८ औं बैठकले आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा गरेको हो। कम्पनी सञ्चालक समितिको फागुन १९ गते बिहान सम्पन्न बैठकले प्रतिशेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित […]

काँग्रेसले संसदीय दलको बैठक शुक्रबारको लागि बोलायो

अर्थ राजनीति  ~   प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ । २३ गते बस्ने प्रतिनिधिसभा बैठकका बारेमा छलफल गर्न संसदीय दलको बैठक बोलाइएको कांग्रेसले जनाएको छ । २१ गते शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा पार्टी सभापति तथा दलका नेता शेरबहादुर देउवाले वर्तमान वस्तुस्थितिबारे ब्रिफिङ गर्नुहुनेछ । संसद पुनःस्थापना पछि नयाँ […]

डा. कोइरालाका अनुसार कांग्रेस, दाहाल–नेपाल समूहसँग मिलेर सरकारमा जाने

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन् । उनले आज पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव कांग्रेस वा दाहाल–नेपाल समूहले दर्ता गर्ने जानकारी दिए । उनले कांग्रेस सरकारमा नगएर नै नेकपा विभाजन हुन्छ भने सरकारमा जानाको अर्थ नहुने बताए । प्रतिनिधिसभाका […]

प्रतिनिधिसभा बैठक : सभामुखले सबै दलका नेतासँग छलफल गर्ने

अर्थ राजनीति  ~  प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले यही फागुन २३ गते बस्ने प्रतिनिधिसभाको बैठकअघि विभिन्न दलका नेता र कार्यव्यवस्था परामर्श समितिमा छलफल गर्ने बताएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठक कक्षको तयारीको अवस्थाबारे अवलोकन गर्न संसद भवन नयाँ बानेश्वर पुगेका उनले संबद्ध सबै पक्षसँग छलफल गरेर बैठकलाई अगाडि बढाउने बताएका हुन्। बैठक कक्षको व्यवस्थापनको अवलोकनपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया […]

‘भूमी बजार’ व्यवस्था लागू हुँदै, जग्गाको कारोबार गर्न लाइसेन्स

अर्थ राजनीति  ~  अहिले अनौपचारिक रुपमा भइरहेको जग्गाको कारोबार रोक्न सरकारले ‘भूमी बजार’ स्थापना हुने भएको छ ।  ‘भूमी बजार’  बजार  सम्बन्धी व्यवस्थाले लाइसेन्स प्राप्त संस्थाले मात्रै जग्गाको खरिद तथा बिक्री गर्न पाउने छ । जग्गा खरिद बिक्रीको काम औपचारिक माध्यमबाट व्यवस्थित संस्थाले मात्रै गर्न पाउने गरी नीतिगत व्यवस्था गर्न लागेको भूमि व्यवस्था, सहकारी तथा […]

नेपाललाई चीनले थप ८ लाख डोज कोरोना खोप उपलब्ध गराउने

अर्थ राजनीति  ~  चीनले नेपाललाई कोभिड-१९ विरुद्ध थप ८ लाख डोज खोप उपलब्ध गराउने भएको छ । नेपालस्थित चिनियाँ दुतावासले सोमबार एक विज्ञप्ति जारी गर्दै थप सहुलियत अनुदानमा खोप उपलब्ध गराउने घोषणा गरेको हो । चीनले यसअघि नेपाललाई पाँच लाख डोज खोप उपलब्ध गराउने घोषणा गरिसकेको छ । योसँगै अब नेपाललाई चीनले १३ लाख सिनोफार्म […]

बाँकेको कोहलपुरमा भएको सडक दुर्घटनामा दुईको मृत्यु

अर्थ राजनीति  ~  बाँकेको कोहलपुरमा आज भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । कोहलपुर नगरपालिका–३ किरणनाला नजिकै पूर्वपश्चिम राजमार्गमा बर्दियातर्फ जाँदै गरेको भे १ख २२३९ नं को बस र कोहलपुरतर्फ आउँदै गरको भे १ प ५६१ नं को मोटरसाइकल एकआपसमा ठोक्किँदा कोहलपुर नगरपालिका– ३ का २५ वर्षीय वीरेन्द्र […]

राष्ट्र बैंकको डेपुटी गभर्नरका दुई पद रिक्त : नयाँ को को आउलान् त ?

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकका दुई डेपुटी गभर्नर पद रिक्त भएका छन् । डेपुटी गभर्नरद्वय चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठको पाँचवर्षे कार्यकाल मंगलबारबाट सकिएसँगै दुई पद रिक्त भएका हुन् । केपी शर्मा ओलीको प्रधानमन्त्रीको पहिलो कार्यकालमा १९ फागुन २०७२ मा तत्कालीन एमालेको कोटाबाट सिवाकोटी र कांग्रेस कोटाबाट श्रेष्ठ डेपुटी गभर्नरमा नियुक्त भएका थिए । […]

ताप्लेजुङमा आगलागी कम्तिमा ५५ घर जले

अर्थ राजनीति  ~  ताप्लेजुङको मेरिङदेन गाउँपालिका- ३ स्थित दोभान बजारमा आज बिहान सवा नौ बजे आगलागी भएको हो।  उक्त आगलागीमा कम्तिमा ५५ घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। ताप्लेजुङकी सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले दिएको जानकारी अनुसार अहिलेसम्म ५५ घर नष्ट भएको तथ्यांक आएको छ। उनका अनुसार बजार क्षेत्र भएका कारण कपडा […]