कोरोनाका कारण रोकिएको पशुपतिनाथको विशेष पूजा फागुन २५ देखि सुरु हुने

Machchapuchchre

अर्थ राजनीति  ~  पशुपतिनाथ मन्दिरमा कोरोना महामारीका कारण एक वर्षअघि देखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि सुरु हुने भएको छ । कोरोना जोखिम कायमै रहे पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर फागुन कृष्ण एकादशीदेखि विशेष पूजा सुरु गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले जानकारी दिए । हाललाई  ११०० देखि २७ हजारसम्मका विशेष पूजामात्र पशुपतिनाथ मन्दिरमा गरिने छ । पशुपतिनाथ मन्दिरमा  ११०० देखि २५ लाखसम्मको विशेष पूजा हुने गरेको छ । कोषले महाशिवरात्रिको अवसर पारेर स्वास्थ्य सुरक्षाका विधि अपनाउँदै विशेष पूजा खुला गर्न लागेको हो । फागुन २७ गते बिहीबार महाशिवरात्रिका दिन भने ५१०० र ११००० गरी दुई किसिमका विशेष पूजामात्र गर्ने गरी तयारी गरिएको जानकारी दिए । महाशिवरात्रिका दिन ५१०० को रसिद काटी विशेष पूजा गर्नेबाट दुई र ११००० रको रसिद काटी पूजा गर्नेका तर्फबाट चारजना कर्तालाई मन्दिरमा दर्शन गर्ने व्यवस्था मिलाइने कोषले जनाएको छ । कोषले विशेष पूजाको रसिद काटेर पूजा गराउने विधि छ । विशेष पूजाबाट कोषलाई वार्षिक ९ देखि १० करोडसम्म आम्दानी हुने गरेको छ । आर्थिक वर्ष २०७५ र ७६ मा विशेष पूजाबाट नौ करोड ४० लाख ९३ हजार १४५ आम्दानी भएको थियो । गत वर्ष चैतदेखि नै कोरोनाका कारण विशेष पूजा रोकिएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्