नेपाललाई चीनले थप ८ लाख डोज कोरोना खोप उपलब्ध गराउने

RBB

अर्थ राजनीति  ~  चीनले नेपाललाई कोभिड-१९ विरुद्ध थप ८ लाख डोज खोप उपलब्ध गराउने भएको छ । नेपालस्थित चिनियाँ दुतावासले सोमबार एक विज्ञप्ति जारी गर्दै थप सहुलियत अनुदानमा खोप उपलब्ध गराउने घोषणा गरेको हो । चीनले यसअघि नेपाललाई पाँच लाख डोज खोप उपलब्ध गराउने घोषणा गरिसकेको छ । योसँगै अब नेपाललाई चीनले १३ लाख सिनोफार्म खोप उपलब्ध गराउनेछ । चीनले सिनोफार्म खोप नेपाललाई उपलब्ध‌ गराउने भएको हो। यो खोप कोरोना भाइरसविरुद्ध ८० प्रतिशतसम्म प्रभावकारी हुने जनाइएको छ ।सिनोफार्मलाई नेपाल सरकारले आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्