काँग्रेसले संसदीय दलको बैठक शुक्रबारको लागि बोलायो

Machchapuchchre
अर्थ राजनीति  ~   प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ । २३ गते बस्ने प्रतिनिधिसभा बैठकका बारेमा छलफल गर्न संसदीय दलको बैठक बोलाइएको कांग्रेसले जनाएको छ । २१ गते शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा पार्टी सभापति तथा दलका नेता शेरबहादुर देउवाले वर्तमान वस्तुस्थितिबारे ब्रिफिङ गर्नुहुनेछ । संसद पुनःस्थापना पछि नयाँ सरकार निर्माणको गृहकार्य भइरहेकाले कांग्रेस संसदीय दलको बैठकलाई महत्वका साथ हेरिएको छ । सत्ता सहकार्यका लागि नेकपा ओली तथा नेकपा प्रचण्ड– नेपाल दुबै समूहले कांग्रेससँग संवाद जारी राखेका छन् । काँग्रेसले भने उनीहरुबीचको औपचारिक विभाजनपछि मात्र कित्ता क्लियर गर्ने अडान लिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्