ताप्लेजुङमा आगलागी कम्तिमा ५५ घर जले

Machchapuchchre

अर्थ राजनीति  ~  ताप्लेजुङको मेरिङदेन गाउँपालिका- ३ स्थित दोभान बजारमा आज बिहान सवा नौ बजे आगलागी भएको हो।  उक्त आगलागीमा कम्तिमा ५५ घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। ताप्लेजुङकी सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले दिएको जानकारी अनुसार अहिलेसम्म ५५ घर नष्ट भएको तथ्यांक आएको छ। उनका अनुसार बजार क्षेत्र भएका कारण कपडा पसल, कृषि सामग्रीका पसल, किराना पसलहरू तथा भण्डारण गरिएका अलैंची जस्ता कृषि उत्पादन जलेर नष्ट भएका छन्। आगो पूरै नियन्त्रणमा आइनसके पनि थप फैलिन चाहिँ रोकिएको सहायक प्रजिअले जानकारी दिइन्। आगो पूरै नियन्त्रणमा आउन अझै केही समय लाग्ने देखिन्छ र हाल  दमकलले निभाइरहेको जानकारी आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्