गृहमन्त्रीको नेतृत्वमा वार्ता टोली गठन – विप्लव नेतृत्व नेकपासँग वार्ता गर्ने

Machchapuchchre

अर्थ राजनीति  ~  सरकारले विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न वार्ता टोली गठन गरेको छ । मंगलबार सञ्चारमन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको जानकारी दिनुभयो । वार्ता टोलीमा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई रहेका छन् ।पत्रकार सम्मेलनमा मन्त्री गुरुङले चाँडै विप्लव पक्षको वार्ता टोली पनि सार्वजनिक हुने र छलफल अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । शान्तिपूर्ण नेपालको परिकल्पना गर्दै सरकार सबै द्वन्द्रत पक्षहरूलाई वार्तामा ल्याउन दृढ रहेको उहाँको भनाइ छ । सबै समस्याको समाधानपछि वार्ताको कुनै आौचित्य नहुने भएकाले विल्लव समूहमाथि लागेको मुद्दा, प्रतिबन्ध र उनीहरूसँग भएका हतियारको विषयमा पनि वार्ता द्वारा नै छलफल गरेर समस्या साधान गरिने मन्त्री गुरुङले बताउनुभयो । उता विप्लव समूहले भने आफ्ना नेता तथा कार्यकर्ता विनाशर्त रिहाइ नगरी र प्रतिबन्ध नहटाइ वार्ता नहुने विज्ञप्तिमार्फत जनाउँदै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्