लकडाउन सुरु भएको आज ठ्याक्कै एक वर्ष पूरा, कोरोनाको दोस्रो लहर सुरु भएको आशंका !
अर्थ राजनीति ~ कोरोना संक्रमण देखिएपछि लकडाउन भएको ठ्याक्कै एक वर्ष पूरा भएको छ । एक हप्ताका लागि गरिएको लकडाउन पटक-पटक गरी चार महिनासम्म भयो । जसका कारण अर्थतन्त्र तहसनहस भयो भने रोग नियन्त्रण हुन सकेन । १ सय २० दिनको लकडाउन गत साउन ६ गतेबाट खुल्ला भएसँगै बजार, पसल, यातायात, कलकारखानाहरु बिस्तारै सञ्चालनमा आए । […]
