लकडाउन सुरु भएको आज ठ्याक्कै एक वर्ष पूरा, कोरोनाको दोस्रो लहर सुरु भएको आशंका !

Machchapuchchre

अर्थ राजनीति  ~ कोरोना संक्रमण देखिएपछि लकडाउन भएको ठ्याक्कै एक वर्ष पूरा भएको छ । एक हप्ताका लागि गरिएको लकडाउन पटक-पटक गरी चार महिनासम्म भयो ।

जसका कारण अर्थतन्त्र तहसनहस भयो भने रोग नियन्त्रण हुन सकेन । १ सय २० दिनको लकडाउन गत साउन ६ गतेबाट खुल्ला भएसँगै बजार, पसल, यातायात, कलकारखानाहरु बिस्तारै सञ्चालनमा आए ।

शैक्षिक संस्थाहरु भने ढिला गरी सञ्चालन भए । अनलाईनमाध्यमबाट पढाइरहेका शैक्षिक संस्थाले केही महिनाअघि देखि भौतिक रुपमा विद्यालयमा उपस्थित भएर पढाउन थालेका थिए । लकडाउनकै कारण नयाँ शैक्षिक सत्रको सुरुवातसमेत जेठमा पुगेको छ ।

होटल व्यवसाय, पर्यटन क्षेत्र अझै पुरानै लयमा फर्किन सकेका छैनन् । अन्तराष्ट्रिय उडानहरु नहुँदा, विभिन्न देशले निषेधाज्ञा लगाउँदा र ढुक्क भएर हिड्ने वातावरण बनिनसकेका कारण विदेशी पर्यटकहरु अझै आउन सकेका छैनन् । आन्तरिक पर्यटकले मात्रै पर्यटन व्यवसायलाई पुरानै लयमा फर्काउन सकेको छैन् ।

बिस्तारै देश पुरानै लयमा फर्किदै थियो । तर पुनः विश्वभर कोरोना संक्रमणको दर बढेसँगैं नेपाल कोरोना त्रास एक वर्ष अघि कै अवस्थामा पुग्ने होकी भन्ने चिन्ता बढेको छ  ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्