बैंकमा खाता खोल्न भनी गएका व्यक्ति, साढे दुई महिनापछि मृत भेटिए

Machchapuchchre

जिल्लाको उत्तरपूर्वी भेगको स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटका ३२ वर्षीय सौरे ल्वारको बेपत्ता भएको साढे दुई महिनापछि मृतावस्थामा शव फेला परेको छ । गत पुस १६ गतेदेखि बेपत्ता भएका ल्वारको मङ्गलबार कर्णाली नदीको किनारमा शव फेला परेको प्रहरीले जनाएको छ ।

छोराछोरीको बाल पोषण भत्ताको खाता खोल्न भनी गाउँपालिकाको केन्द्र वाई सुइजिउला आएका ल्वार बेपत्ता हुनुभएको थियो । बेपत्ता ल्वारको विभिन्न ठाउँमा खोजी गरे पनि कतैबाट पत्ता नलागेको र खोजी गर्दै जाँदा दुई महिनापछि शव नदी किनारमा भेटिएको बताईएको छ  ।

स्वामीकार्तिकको हिमालयन बैंकमा खाता खोल्नका लागि घरबाट आएका ल्वार बेपत्ता भएको साढे दुई महिनापछि मृतावस्था फेला पारेको इलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ ।

 

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्