भारतमा कोरोनाको बढे संगै, प्रदेश २ को सीमा नाकामा उच्च सतर्कता

Machchapuchchre

अर्थ राजनीति  ~  छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमित पुनः बढदै गएपछि रोकथामका लागि प्रदेश नं २ का आठ जिल्लामा रहेका सीमा नाकामा उच्च सतर्कता अपनाइएको छ ।

सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनी मुख्यालय प्रदेश नं २ महोत्तरीका अनुसार पूर्वको सप्तरीदेखि पश्चिमको पर्सासम्म ४६४ किलोमिटर दक्षिण सीमा क्षेत्र भारतसँग जोडिएकाले उक्त नाकामा कडाइ गरी उच्च सतर्कता अपनाइएको छ ।

प्रदेश नं २ को भारतीय सीमासँग जोडिएको नाकामा ६७ बिओपी र ३५ एफओपीको पोष्ट रहेका छन् । ती पोष्टमा तैनाथ सशस्त्र प्रहरीलाई भारतबाट आउने मानिसलाई कडाइका साथ जाँच गर्ने निर्देशनसमेत दिइएको छ ।

सीमा क्षेत्रमा रहेको सशस्त्र प्रहरीले आठवटै जिल्लामा रहेका कोभिड सङ्कट व्यवस्थापन समिति तथा स्थानीय निकायसँग समन्वय गरी हेल्थ डेस्क राख्ने निर्देशन दिएको बताईएको छ ।

यसैबीच पछिल्लो केही दिनयता पर्सा जिल्लामा पुनः कोरोना संक्रमित फेला पर्न थालेकाले कोभिड सङ्कट व्यवस्थापन समिति पर्साले बैठक बसी सीमा नाकामा कडाइ गर्ने, सशस्त्र र नेपाल प्रहरीलाई कोरोना नियन्त्रणका लागि तयारी अवस्थामा राखी मुख्य नाकामा सेना परिचालन गर्ने तथा हेल्थ डेस्क राख्ने निर्णय गरेको छ ।

 

 

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्