महासङ्घको २६औँ अधिवेशनका लागि उम्मेदवारी दर्ता

अर्थ राजनीति  ~ नेपाल पत्रकार महासङ्घको २६औँ महाधिवेशनमा नेपाल प्रेस यूनियन, प्रेस सङ्गठन नेपाललगायतका सङ्गठनले संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका छन् । संयुक्त गठबन्धनको तर्फबाट अध्यक्षमा विपुल पोखरेल, वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्ष बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम र महासचिवमा रोशन पुरीले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, खुला सचिवमा गोविन्द चौलागाईं, महिला […]

आज घट्यो सुनको मूल्य

अर्थ राजनीति  ~ शुक्रबार सुनको मूल्य ६ सयले घटेर तोलाको ८६ हजार तीन सयमा कायम भएको छ। बिहीबार सुन प्रतितोला ८६ हजार ९ सयमा कारोबार भएको थियो। आज चाँदीको मूल्य १२ सय ३० रुपैयाँमा स्थिर रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय २७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

आज बाँडफाँट हुदैं ज्योति लाईफ इन्स्योरेन्सको आईपीओ

अर्थ राजनीति  ~  ज्योति लाईफ इन्स्योरेन्सको आईपीओ आज साढे १२ बजे बाँडफाँट हुदैंछ । विक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालय नागपोखरी , काठमाडौंमा आईपीओ बाँडफाँट हुने भएको हो । यो कम्पनीको आईपीओ ५ लाख ९४ हजार जनाले १० कित्ताका दरले हात पार्नेछन् । कम्पनीले फागुन २१ गतेदेखि २६ गतेसम्म सर्वसाधारणमा आईपीओ जारी गरेको हो । कम्पनीले […]

शैक्षिक संस्थाहरुलाई थप सतर्कता अपनाउन शिक्षा मन्त्रालयको आग्रह

अर्थ राजनीति  ~  शिक्षा मन्त्रालयले नेपालमा पुनः कोरोना भाइस संक्रमणको जोखिम बढे संगै शैक्षिक संस्थाहरुलाई थप सतर्कता अपनाउन आग्रह गरेको छ । बिहीबार शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको बैठकले जनस्वास्थ्य र सुरक्षा सम्वन्धी मापदण्ड पूर्ण रूपमा पालना गर्न अनुरोध गरेको हो । साथै प्रदेश सरकार र स्थानीय तहबाट स्थान विशेषमा तय गरिएका थप मापदण्डहरूको […]

रेशम चौधरीलाई रिहाइ गर्न भट्टराईको माग

अर्थ राजनीति  ~  राष्ट्रिय समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले रेशम चौधरीको रिहाइको माग गर्नु भएको छ । भट्टराईले शुक्रबार टुईटमार्फत चौधरीलगायत सबै राजनीतिक बन्दीहरुको रिहाइको माग गर्नु भएको हो । ‘थारुहरु लगायत उत्पीडित राष्ट्रियताहरुकाे पहिचान र अधिकार सहितको राज्यपुर्नसंरचना हुने गरी संविधान संसोधन गर,’ भटराई लेख्नुहुन्छ ‘यो जसपाको सर्वसम्मत र निरन्तरको अडान हो ।’ त्यसैगरि […]

माओवादी केन्द्र आज सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जाने तरखरमा

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्रले माघ २३ गते सर्वाेच्च अदालतले गरेको एक फैसलाको विरुद्ध पुनरावलोकनमा जाने भएको छ । दिउँसो १ बजेभित्र पुनरावलोकनका लागि जाने गरी तयारी भएको माआवादी केन्द्रका एक नेताले बताए। माओवादी केन्द्रले सकेसम्म आजै सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दर्ता गर्नेछ। सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट […]

प्राधिकरण बोर्डले ससक्तरुपमा काम गर्न सकेन : सञ्चारमन्त्री गुरुङ

अर्थ राजनीति  ~  नेपाल दूरसञ्चार प्राधिकरणमा चैत ११ गते बुधबार अनुगमनका लागि गएका सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ त्यहाँका कर्मचारीहरु र प्राधिकरण बोर्डको कार्यशैली प्रति निकै रुष्ट भएका छन्। पछिल्लो दिनमा इन्टरनेट सेवाको कमजोर गुणस्तर र मोबाइल सेवाको पहुँचमा कमी भएको बारेमा सार्वजनिकरुपमा बोल्दै आएका मन्त्री गुरुङले प्राधिकरणलाई सो विषयमा काम नगरेको भन्दै […]

कोरोनाको कारण होलीको दिन भीडभाडमा कडाई गरिने

अर्थ राजनीति  ~  कोरोनको सम्भावित संक्रमणलाई  मध्ये नजर गर्दै गृह प्रशासनले होलीको दिन भिडभाड हुन नदिन कडाइ गरिने भएको छ । काठमाडौं उपत्यकासहित देशका मुख्य सहर बजारमा प्रहरीको संख्या बढाएर भीडभाडलाई रोक्ने तयारी भएको गृह मन्त्रालयले जनाएको छ । यसअघि गृह मन्त्रालयले सार्वजनिक ठाउँमा भीड गरेर पर्व तथा उत्सव नमनाउन र घरका सदस्यसँग मात्रै सीमित […]

१५० जना व्यवसायीहरु एमालेमा प्रवेश गर्ने तरखरमा

अर्थ राजनीति  ~  गतसाता उद्योगपति मोतीलाल दुगडको पहलमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न उद्योगी–व्यवसायीहरु जम्बो टोली बालुवाटार पुग्यो। प्रधानमन्त्रीलाई भेट्न गएकामध्ये २३५ व्यवसायीहरु एमालेको टीका लगाएर फर्किए। यसरी उद्योगी–व्यवसायीहरु सामूहिकरुपमा सत्तारुढ एमालेमा प्रवेश गरेसँगै उनीहरुको पार्टी प्रवेशलाई चासोका साथ हेरिएको  छ । व्यवसायीहरु सरकारलाई आफ्नो स्वार्थ अनुकुल प्रयोग गर्न एमालेमा प्रवेश गरेको आरोपसमेत कतिपयले लगाएका […]

प्रदेश न. १ को मन्त्रिपरिषद विस्तार गरियो

अर्थ राजनीति  ~  प्रदेश न. १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद विस्तार गरेका छन् । साबिकको नेकपाको विवादमा प्रचण्ड-माधव समूह छाडेर ओलीतिर लागेका तथा एमाले ब्युँतिएपछि माओवादी केन्द्र छाडेर आएका नेताहरुलाई समेटेर मुख्यमन्त्री राईले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् । नवनियुक्त मन्त्रीहरुको सपथ शुक्रबार दिउँसो प्रदेश प्रमुखको कार्यालयमा राखिएको छ । सपथग्रहण दिउँसो १ बजे […]