आज चन्द्रागिरी हिल्सको शेयरमूल्य सर्वाधिक बढ्यो

Machchapuchchre

अर्थ राजनीति  ~  चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्यमा सोमवार पनि उच्च बृद्धि भएको छ । यो दिन कम्पनीको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशत बढेर अन्तिम मूल्य रू. १ हजार ५६३ कायम भएको हो । धितोपत्र दोस्रो बजारमा गत माघ २५ गतेदेखि कारोबार सुरु गरेको कम्पनीको शेयरमूल्य सुरुको दिनदेखिनै उच्च दरमा बढ्दै आएको हो । सोमवार प्रतिकित्ता रू. १४२ ले कम्पनीको शेयरमूल्य बढेको होे । माघ २५ गते कम्पनीको पहिलो कारोबार प्रतिकित्ता रू. १६१ मा भएको थियो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि रू. ९६ दशमलव ६९ देखि रू. २९० देखि शून्य ७ सम्मको मूल्य रेञ्ज तोकेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्