राष्ट्रपति भण्डारीबाट मेलम्ची खानेपानी विचरणको उद्घाटन

अर्थ राजनीति  ~  मेलम्ची खानेपानी आयोजनाको पानी वितरण कार्यको आज राष्ट्रपति विद्या देवी भण्डारीबाट समुद्‌घाटन हुने भएको छ । भृकुटीमण्डपमा कार्यक्रम आयोजना गरी दिउँसो १ बजे उद्घाटन हुने खानेपानी मन्त्रालयले जनाएको छ । कार्यक्रममा खानेपानी मन्त्री मणीचन्द्र थापा समेत सहभागि हुने छन् । आधाशताव्दी देखिको पर्खाइ रहेको काठमाडौंबासीको सपना पुरा भएको खुसियालीमा सरकारलाई धन्यवाद दिदै […]

माओवादी र जसपाका कारण नयाँ सरकार गठन प्रक्रिया शुरु हुन सकेन : प्रवक्ता शर्मा

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीका कारण नयाँ सरकार गठनको प्रक्रिया शुरु हुन नसकेको बताएका छन् । बिहीबार समसामयिक राजनीतिक घटनाक्रमको सम्बन्धमा पत्रकारलाई प्रवक्ता शर्माले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता नगरेको र जसपा वर्तमान सरकारलाई विस्थापन गर्ने विषयमा ठोस निर्णयका साथ नआएकाले नयाँ […]

मनी ट्रान्सफर लुटेको आरोपमा चार जना पक्राउ

अर्थ राजनीति  ~  काठमाडौंको खिचापोखरीस्थित एक मनी ट्रान्सफरमा खुकुरी देखाएर लुटपाट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। मनी ट्रान्सफर लुटिएको सूचना पाएलगत्तै महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले लुटिएको केही रकम सहित चार जनालाई पक्राउ गरेको परिसर प्रमुख एसएसपी अशोक सिंहले बताए । प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा दाङ […]

साताको अन्तिम कारोबार दिन सेयर बजारमा सवा सात अर्बको कारोबार

अर्थ राजनीति  ~  साताको अन्तिम कारोबार (बिहिबार) दिन सेयर बजारमा १२.८८ अंकको बढोत्तरी भएको छ । ०.४९ प्रतिशतले बढेको बजार २६३१.८९ बिन्दुमा अडिएको छ । आज ७ अर्ब २५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । होटल्स तथा पर्यटन बाहेक सबै समूह, जीवन बीमा समूह, लगानी समूह, म्युचुअल फण्ड बाहेक सबै समूहमा बढोत्तरी छ […]

भुसाल र पाण्डे पनि एमालेबाट ६ महिनाको लागि निलम्बित

अर्थ राजनीति  ~  नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेताहरू घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका छन्। उनीहरूसँग मागिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ओलीले बिहीबार पार्टीबाट निलम्बन गरेका हुन्। यसअघि ओलीले नेता माधव कुमार नेपाल र भीम रावललाई पनि पार्टीबाट निलम्बन गरेका थिए।

ओली नेतृत्वलाई समर्थन गर्ने कि नयाँ सरकार बनाउनेमा प्रष्ट हुन कांग्रेस र जसपालाई आग्रह

अर्थ राजनीति  ~  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार समर्थन दिने कि नयाँ सरकार बनाउने भन्नेमा प्रष्ट हुन नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलाई आग्रह गरेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको अनौपचारिक स्थायी कमिटी बैठकपछि बोल्दै नेता नारायणकाजी श्रेष्ठले ती दुई दलले निर्णय गरेपछि राजनीतिले […]

नेपालगञ्ज र भैरहवामा उडान संख्या थप्दै बुद्ध एयर

अर्थ राजनीति  ~  बुद्ध एयरले काठमाडौंबाट भैरहवाका लागि दैनिक ९ उडान गर्ने भएको छ। काठमाडौंबाट पश्चिम नेपालमा हुने दैनिक उडान बढाउने क्रममा बुद्धले नेपालगञ्जमा पनि पाँच उडान गर्ने भएको छ। बुटवल–नारायणगढ सडक विस्तारले सडक यात्रा कठिन भएकोले बुद्धले पश्चिम नेपालका गन्तव्यमा उडान थप गरेको हो। त्यस्तै एयरलाइन्सले धनगढीमा हुने उडान थप गर्ने जानकारी दिएको छ। […]

आस्कमी म्यानेजमेन्ट : भर्चुअल जब फेयरको दोस्रो संस्करण सुरू

अर्थ राजनीति  ~  दोस्रो संस्करणको ‘भर्चुअल जब फेयर’ बुधबारदेखि सुरु भएको छ। आस्कमी म्यानेजमेन्टले यही मार्च ३१ देखि अप्रिल २, २०२१ सम्म  अनलाइन प्लेटफर्ममा आस्कमी भर्चुअल जब फेयर २०२१ सुरू गरेको हो । कोरोना महामारीको विषम अवस्थामा सञ्चालन गरिएको भर्चुअल जब फेयरले रोजगारीको बजार बिस्तार गर्दै सकारात्मक सन्देश प्रवाह गर्ने आस्कमी म्यानेजमेण्टकी व्यवस्थापकीय निर्देशक अर्चना […]

सुनचाँदीको मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ छ त कारोबार ?

अर्थ राजनीति  ~  नेपाली बजारमा बुधवार सुनको मूल्य तोलामा ४ सयले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार तोलामा ८६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन बुधवार घटेर तोलामा ८५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा ८५ हजार १५० रुपैयाँमा कारोबार भएको छ । यसैबीच बुधवार चाँदीको […]

विश्व बैंक : नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत रहने

अर्थ राजनीति   ~  कोभिड-१९ विरुद्धको खोपको वितरण र यसले सिर्जना गरेको सहज गतिविधिका कारण अर्थतन्त्रमा तीव्र सुधारको संकेत देखिएको छ । विश्व बैंकले बुधबार दक्षिण एसियाली भेगको कुल गार्हस्थ उत्पादनबारे नयाँ प्रक्षेपण सार्वजनिक गर्दै चालु आर्थिक वर्ष भित्रै अर्थतन्त्रमा ‘भीसेभ’को सुधार देखिने उल्लेख गरेको छ । आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर माइनस १.९९ […]