सुनचाँदीको मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ छ त कारोबार ?

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाली बजारमा बुधवार सुनको मूल्य तोलामा ४ सयले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार तोलामा ८६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन बुधवार घटेर तोलामा ८५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा ८५ हजार १५० रुपैयाँमा कारोबार भएको छ । यसैबीच बुधवार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । मंगलवार तोलामा १२ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी बुधवार घटेर तोलामा ११ सय ९५ रुपैयाँ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्