विश्व बैंक : नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत रहने

Machchapuchchre

अर्थ राजनीति   ~  कोभिड-१९ विरुद्धको खोपको वितरण र यसले सिर्जना गरेको सहज गतिविधिका कारण अर्थतन्त्रमा तीव्र सुधारको संकेत देखिएको छ । विश्व बैंकले बुधबार दक्षिण एसियाली भेगको कुल गार्हस्थ उत्पादनबारे नयाँ प्रक्षेपण सार्वजनिक गर्दै चालु आर्थिक वर्ष भित्रै अर्थतन्त्रमा ‘भीसेभ’को सुधार देखिने उल्लेख गरेको छ । आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर माइनस १.९९ प्रतिशत कायम भएको थियो । यसमा तीब्र गतिमा सुधार हुने संकेत गर्दै विश्व बैंकले यो वर्ष २.७ प्रतिशतको आर्थिक वृद्धिदर कायम रहने अनुमान गरेको हो  तर, यो वृद्धिदरसमेत सरकारको अनुमान भन्दा भने निकै कम हो । कोरोना महामारीका बीचमा समेत सरकारले यो वर्ष ७ प्रतिशत हाराहारीको वृद्धिदरको पूर्वानुमान गरेको छ । नेपालको आर्थिक वृद्धिदर सकारात्मक अवस्थामा रहनुमा विदेशबाट नेपालीहरुले पठाउने रेमिट्यान्स मुख्य कारण मानिएको छ ।संसारभर महामारी तीव्र रुपमा फैलिरहेको समयमा पनि नेपलमा रेमिट्यान्स आउने क्रम रोकिएको थिएन । यसबीचमा खोप अभियान समेत नेपालमा प्रभावकारी रुपमा अगाडि बढ्यो । यसले समेत आर्थिक गतिविधिमा वृद्धि देखिएको विश्व बैंकको भनाइ छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्