साताको अन्तिम कारोबार दिन सेयर बजारमा सवा सात अर्बको कारोबार

Machchapuchchre

अर्थ राजनीति  ~  साताको अन्तिम कारोबार (बिहिबार) दिन सेयर बजारमा १२.८८ अंकको बढोत्तरी भएको छ । ०.४९ प्रतिशतले बढेको बजार २६३१.८९ बिन्दुमा अडिएको छ । आज ७ अर्ब २५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । होटल्स तथा पर्यटन बाहेक सबै समूह, जीवन बीमा समूह, लगानी समूह, म्युचुअल फण्ड बाहेक सबै समूहमा बढोत्तरी छ । होटल्स तथा पर्यटन समूह ७७.२२ अंकले घटेको छ भने जीवन बिमा समूहतर्फ ५६.६६ अंकको गिरावट छ । म्यूचुअल फण्ड ०.०३ अंक र  लगानी समूह १.०९ अंकले घटेको छ । विद्युत कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यसको सेयर मूल्य ३ सय ८५ रुपैयाँ पुगेको छ । दोस्रो बढी सेयर मूल्य बढ्नेमा युनाइटेड फाइनान्स परेको छ । यसको सेयर मूल्य ४ सय २० रुपैयाँ छ ।चन्द्रागिरीको सेयर मूल्य ७० रुपैयाँले घटेर २ हजार ५० रुपैयाँ कायम भएको छ । नेपाल पूर्वाधार बैंकको ५ सय ९२ रुपैयाँ प्रतिकित्ता सेयर छ । बिहिबार अपर तामाकोशीको सेयर कारोबार सबैभन्दा बढी भएको छ । २९ करोड ५६ लाख ३५ हजार ८ सय २ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्