मनी ट्रान्सफर लुटेको आरोपमा चार जना पक्राउ

Machchapuchchre

अर्थ राजनीति  ~  काठमाडौंको खिचापोखरीस्थित एक मनी ट्रान्सफरमा खुकुरी देखाएर लुटपाट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। मनी ट्रान्सफर लुटिएको सूचना पाएलगत्तै महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले लुटिएको केही रकम सहित चार जनालाई पक्राउ गरेको परिसर प्रमुख एसएसपी अशोक सिंहले बताए । प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा दाङ तुल्सीपुर घर भएका १७ वर्षीय दिपुन श्रेष्ठ, रुकुम सानीभेरी गाउँपालिका घर भएका २१ वर्षीय तिलक रावत, कालीकोट सानी त्रिवेणी गाउँपालिका ३ घर भएका २० वर्षयी नविन केसी र २० वर्षीय उमेश केसी छन् । उनीहरुले बुधवार दिउँसो प्रवेश राजभण्डारीले संचालन गरेको मन ट्रान्सफरमा पसी खुकुरी देखाइ कर्मचारी समेतलाई हात बाँधेर रकम लिइ फरार भएका थिए। उनीहरुले ६ लाख रुपैयाँ बराबरको नगद लुटेको प्रहरीमा उजुरी परेको थियो। प्रहरीले प्रकाउ परेका व्यक्तिको साथबाट ५९ हजार ७ सय रुपैयाँ फेला पारेको छ। त्यस्तै, लुटिएको रकममध्ये आज बिहान बालाजु बाइपास स्थितमा विजय नगरकोटीको घरमा डेरा गरी बस्ने मञ्जु पुटुवारलाई राख्न दिएको थप ७५ हजार रुपैयाँ समेत फेला परेको प्रहरीले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्