माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आज बिहान ११ बजेका बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको हो । अधिकांश स्थायी समिति सदस्यहरु राजधानी बाहिर रहेकाले आजको बैठक स्थगित गरिएको केन्द्रीय कार्यालका सचिव श्रीराम ढकालले जानकारी दिनुभयाे। बैठकमा वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सरकार […]

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनमा प्रधान विजयी

अर्थ राजनीति  ~  नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनमा लिलेन्द्र प्रसाद प्रधान अध्यक्ष पदमा विजयी भएका छन् । काठमाडौंमा शनिबार आयोजित एशोसिएसनको ४२ औं साधारणसभा तथा राष्ट्रिय सम्मेलनबाट प्रधान नेतृत्वको प्यानल नै निर्वाचित भएको निर्वाचन कमिटिले जनाएको छ । महासचिवमा विश्वप्रसाद अर्याल, कोषाध्यक्षमा चतुर्भुज सरिया, सचिवमा हिमाल गैरे र सहसचिवमा श्याम बुढाथोकी विजयी भएका एशोसिएसनले जनाएको […]

मुख्यमन्त्री भट्ट द्वारा विकास निर्माणका काम गर्दा योजनामा विशेष ध्यान दिन आग्रह

अर्थ राजनीति  ~  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विकास निर्माणका काम गर्दा योजनामा विशेष ध्यान दिनुपर्ने बताएका छन् । कैलालीको गोदावरी नगरपालिका–७ मा निर्माण गरिएको श्रीपुर खानेपानी आयोजनाको उदघाटन समारोहमा उनले खानेपानीका मूल सुक्न थालेकाले यसको संरक्षणका लागि अबका दिनमा गरिने विकास योजनामा ध्यान दिनुपर्ने बताए । “पछिल्लो समय विकास निर्माणका काम भएका छन् तर […]

प्रिमियर इन्स्योरेन्स र सांग्रिला डेभलपमेण्ट बैंकले साधारण सभा सोमवार गर्दै

अर्थ राजनीति   ~  चैत २३ गते सोमवार प्रिमियर इन्स्योरेन्स कम्पनी र सांग्रिला डेभलपमेण्ट बैंकले वार्षिक साधारण सभा गर्दैछन् । प्रिमियर इन्स्योरेन्सले केन्द्रिय कार्यालय नक्साल, काठमाडौंमा विहान ११ बजे र सांग्रिला डेभलपमेण्ट बैंकले लैनचौर बैंङक्वेट्स , लैनचौर, काठमाडौंमा विहान १० बजे सभा बोलाएका हुन ।  प्रिमियर इन्स्योरेन्सको सभाले ११ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश सहित […]

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै , सरकारबारे छलफल हुने

अर्थ राजनीति  ~  नयाँ सरकार गठनबारे अलमलमा देखिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्दैछ । पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा उपसभापति विमलेन्द्र निधिले अरु दलबाट आएकाहरुको समायोजन र महामन्त्री पूर्णबहादुर खड्काले क्रियाशील सदस्यता छानविनका लागि समय थप गर्न महाधिवेशनको कार्यातालिकालाई हेरफेरसम्बन्धी प्रस्ताव पेस गर्ने औपचारिक एजेण्डा छ तर बैठकमा सरकारकै मुद्दाले […]

भारतमा कोरोना संक्रमणको नयाँ रेकर्ड, एकैदिन थपिए ८१ हजार बढी संक्रमित

अर्थ राजनीति  ~  भारतमा थप ८१ हजार ४४१ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । भारतमा एकैदिन संक्रमण पुष्टि भएको यो संख्या सन् २०२१ कै धेरै हो । यसअघि हिजो ७१ हजार १८१ जनामा कोरोना पुष्टि भएकोमा पछिल्लो २४ घण्टामा ८१ हजार ४४१ जनामा कोरोना पुष्टी भएको वर्ल्डओमिटरले जनाएको छ । पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको […]

एक हप्तादेखि नउठेको काठमाडौं उपत्यकाको फोहोर आजदेखि उठ्ने

अर्थ राजनीति  ~ एक हप्तादेखि नउठेको काठमाडौं उपत्यकाको फोहोर शुक्रबारदेखि उठ्ने भएको छ । काठमाडौं महानगरपालिका र आन्दोलनरत पक्षबीच शुक्रबार विहान मागहरुको सुनवाई गर्ने र फोहोर उठाउन दिने सहमति भएको महानगरपालिका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए। सिसडोलको फोहोरमैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन संघर्ष समिति र स्थानीय बसिन्दाहरुले विभिन्न माग राख्दै चैत १३ गतेदेखि […]

रु रु जलविद्युतकाे आईपीओ खुल्यो -चैत २४ गतेसम्म आवेदन दिन सकिने

अर्थ राजनीति  ~  रु रु जलविद्युत परियोजना लिमिटेडले आईपीओ जारी गरेकाे छ । कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता शेयर जारी गरेकाे हाे । कुल कित्ता मध्ये ८ हजार १५४ कित्ता कम्पनीका कर्मचारी, २० हजार ३८५ कित्ता सामुहिक लगानीकोषको लागि छुट्टाइएको छ […]

सर्वोच्चको आदेश जारी : एमाले र माओवादी ब्युँताउने फैसला पुनरावलोकन नहुने

अर्थ राजनीति  ~ सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नामको सम्बन्धमा परेको मुद्दाको फैसलामा पुनरावलोकन गर्न अनुमति नदिने आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाशकुमार ढुङ्गानाको पूर्ण इजलासले बिहीबार पहिलाकै फैसला सही भएको ठहर गर्दै नेकपा विवादको मुद्दाका पुनरावलोकन अनुमति नदिने आदेश गरेको हो । सर्वोच्च अदालतले गत फागुन […]

एमालेको माधव–झलनाथ पक्षले बोलायो स्थायी कमिटी बैठक

अर्थ राजनीति  ~  सत्तारुढ दल नेकपा एमालेका माधव–झलनाथ पक्षले आज शुक्रबार ११ बजे स्थायी कमिटी बैठक बोलाएको छ। आफ्ना पक्षका नेताहरुमाथि एकपछि अर्को गर्दै ओलीले कारबाही गर्न थालेपछि आगामी रणनीति बनाउन र छलफल गर्न स्थायी कमिटी बैठक बोलाइएको एक नेताले बताए । एमालेले माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ६ महिना पार्टी […]