प्रिमियर इन्स्योरेन्स र सांग्रिला डेभलपमेण्ट बैंकले साधारण सभा सोमवार गर्दै

Machchapuchchre

अर्थ राजनीति   ~  चैत २३ गते सोमवार प्रिमियर इन्स्योरेन्स कम्पनी र सांग्रिला डेभलपमेण्ट बैंकले वार्षिक साधारण सभा गर्दैछन् । प्रिमियर इन्स्योरेन्सले केन्द्रिय कार्यालय नक्साल, काठमाडौंमा विहान ११ बजे र सांग्रिला डेभलपमेण्ट बैंकले लैनचौर बैंङक्वेट्स , लैनचौर, काठमाडौंमा विहान १० बजे सभा बोलाएका हुन ।  प्रिमियर इन्स्योरेन्सको सभाले ११ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश सहित गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरण पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत ११ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा चैत १० गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य भएका छन् । हाल प्रिमियर इन्स्योरेन्सको चुक्तापूँजी रू. १ अर्ब ७ करोड ४५ लाख ६० हजार छ । सोही पूँजीको आधारमा कम्पनीले रू. ११ करोड ८७ लाख ६७ हजार बराबरको नगद लाभांश दिन लागेको हो । निर्जीवन बीमा कम्पनीले पु¥याउनुपर्ने पूँजी कायम गरिसकेको कम्पनीले यस वर्ष नगदमा जोड दिएको हो । गत वर्ष लगानीकर्ताको हात खाली बनाएको यस कम्पनीले अघिल्लो वर्ष भने ८४ प्रतिशत बोनस वितरण गरेको थियो ।  आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट कम्पनीले हालसम्मकै उक्त उच्च लाभांश वितरण गरेको थियो । हालसम्मकै कम लाभांश कम्पनीले यस वर्ष दिन लागेको हो । विगतका वर्षहरुमा कम्पनीले न्यूनतम १३ दशमलव ५२ प्रतिशतसम्म लाभांश दिएको थियो । त्यस्तै सांग्रिला डेभलपमेण्ट बैंकको सभाले कुल ५ दशमलव २६ प्रतिशत लाभांश पारित गर्नेछ । कम्पनीले गत आर्थिक वर्ष ०७६/७७ को लागि ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । हाल कायम चुक्तापूँजी रू. २ अर्ब ६० करोड ६६ लाख ४० हजारको आधारमा कम्पनीले लाभांश दिन लागेको हो ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्