नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनमा प्रधान विजयी

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनमा लिलेन्द्र प्रसाद प्रधान अध्यक्ष पदमा विजयी भएका छन् । काठमाडौंमा शनिबार आयोजित एशोसिएसनको ४२ औं साधारणसभा तथा राष्ट्रिय सम्मेलनबाट प्रधान नेतृत्वको प्यानल नै निर्वाचित भएको निर्वाचन कमिटिले जनाएको छ । महासचिवमा विश्वप्रसाद अर्याल, कोषाध्यक्षमा चतुर्भुज सरिया, सचिवमा हिमाल गैरे र सहसचिवमा श्याम बुढाथोकी विजयी भएका एशोसिएसनले जनाएको छ। अध्यक्ष पदका लागि लिलेन्द्र प्रसाद प्रधान र नवीन श्रेष्ठ प्यानलसहित चुनावी मैदानमा उत्रिएका थिए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्