भारतमा कोरोना संक्रमणको नयाँ रेकर्ड, एकैदिन थपिए ८१ हजार बढी संक्रमित

Machchapuchchre

अर्थ राजनीति  ~  भारतमा थप ८१ हजार ४४१ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । भारतमा एकैदिन संक्रमण पुष्टि भएको यो संख्या सन् २०२१ कै धेरै हो । यसअघि हिजो ७१ हजार १८१ जनामा कोरोना पुष्टि भएकोमा पछिल्लो २४ घण्टामा ८१ हजार ४४१ जनामा कोरोना पुष्टी भएको वर्ल्डओमिटरले जनाएको छ । पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड २३ लाख २ हजार ११० पुगेको छ ।त्यस्तै , भारतमा १ करोड १५ लाख २२ हजार ८८४ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ६ लाख १५ हजार ७९८ छ भने  कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६३ हजार ४२८ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ४६८ जनाको मृत्यु भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्