रु रु जलविद्युतकाे आईपीओ खुल्यो -चैत २४ गतेसम्म आवेदन दिन सकिने

Machchapuchchre

अर्थ राजनीति  ~  रु रु जलविद्युत परियोजना लिमिटेडले आईपीओ जारी गरेकाे छ । कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता शेयर जारी गरेकाे हाे । कुल कित्ता मध्ये ८ हजार १५४ कित्ता कम्पनीका कर्मचारी, २० हजार ३८५ कित्ता सामुहिक लगानीकोषको लागि छुट्टाइएको छ । बाँकी रहेका ३ लाख ७९ हजार कित्ता सार्वजनिक निष्कासनमा ल्याएको हो । शेयर खरिदको लागि न्युनतम १० कित्तादेखि अधिकतम सम्पुर्ण कित्तासम्म मागको लागि आवेदन दिन सकिने कम्पनीले व्यवस्था गरिएको छ । चैत २४ गतेसम्ममा शेयर खरिदका लागि आवेदन दिन सकिने बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएकाे छ । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । हाल कम्पनीको चुक्ता पूँजी ३२ करोड ६१ लाख ६४ हजार ४०० रुपैयाँ रहेको छ। स्थानिय बासिन्दा तथा सर्वसाधारणमा आईपीओ बिक्री गरेपश्चात कम्पनीको चुक्ता पूँजी ४० करोड ७७ लाख ५ हजार ५०० रुपैयाँ पुग्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्