साताको अन्तिम दिन सुनको मूल्य पुन: बढ्यो

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाली बजारमा सुनको मूल्य आज ९ सयले  बढेको  छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार  तेजावी सुनको मूल्य तोलामा ८६ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा ९ सयले बढेको हो । शुक्रबार सुन तोलाको ८७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार छपावाल सुनको मूल्य प्रतितोला ८६ हजार ९५० र चाँदीको  मूल्य १२४० रुपैयाँ प्रति तोला रहेको महासंघले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्