कानुन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै उपेन्द्र यादवले भने- ‘प्रधानमन्त्रीले बढी माया गर्नुभयो’

काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । सोमबार सिंहदबारमा पुगेर उनले कानुन मन्त्रालयको पदभार ग्रहण गरेका हुन् । त्यस अवसरमा उनले आफूलाई प्रधानमन्त्रीले अलि बढी नै माया गरेर कानुन मन्त्रालयमा पठाएको प्रतिक्रिया दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद पुनर्गठन गर्दा उनलाई स्वास्थ्य तथा जनसंख्या […]

हङकङमा प्रजातन्त्रवादीको ऐतिहासिक जीत, ४ सय ५२ मध्ये ३ सय ९४ सिटमा विजयी

काठमाडौं । हङकङको निर्वाचनमा प्रजातन्त्रवादी पक्षले चीन समर्थक सत्ता विरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । प्रजातन्त्रवादी समूहले १८ जिल्ला परिषदका ४ सय ५२ सिटमध्ये ३ सय ९४ सिटमा विजय हासिल गरेको छ भने चीन निकट वर्तमान सत्ता समर्थक ५८ सिटमा खुम्चिएको छ । निर्वाचनले बिगत ६ महिनादेखि चीनको बढ्दो हस्तक्षेपबिरुद्ध चलेको आन्दोलनको मागलाई वैधानिकता […]

त्रिचन्द्र कलेजका प्रमुख प्रदीपबहादुर न्यौपाने विद्यार्थीबाट कुटिए

काठमाडौं । त्रिचन्द्र कलेजका प्रमुख प्रदीपबहादुर न्यौपानेलाई विद्यार्थीले कुटपिट गरेका छन्। सोमबार बिहान कलेज परिसरमा विद्यार्थीले उनको रामधुलाई गरेका हुन्। विद्यार्थीले विज्ञान संकायको शुल्क वृद्धि फिर्ता नगरेको भन्दै प्रमुख न्यौपानेलाई कुटेका हुन्। प्रमुख न्यौपानेलाई वीर अस्पतालमा उपचारका लागि लगिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता तथा डिएसपी होविन्द्र बोगटीले जानकारी दिए। प्रहरीले दुई जनालाई पक्राउ गरी थप […]

प्रधानमन्त्री ओलीमाथि बाबुराम भट्टराईले लगाए यस्तो गम्भीर आरोप

काठमाडौं । देशभर भारतीय अतिक्रमणबिरुद्ध विरोध प्रदर्शन भइरहेका बेला समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीमाथि एउटा गम्भीर आरोप लगाएका छन् । भट्टराईले कालापानी क्षेत्रको अतिक्रमण हटाउन प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक पहल नगरेको आरोप लगाएका हुन । बाहिर राष्ट्रवादको नारा लगाएका शासकहरु आन्तरिक रुपमा सत्ताको डरमा लत्त्रिने गरेको उनको दाबी […]

एकाबिहानै पोखरामा वडा अध्यक्षको गाडीमा विस्फोट, यस्तो छ थप अपडेट

काठमाडौं । पोखरा महानगरपालिका वडा नम्बर ३३ का वडा अध्यक्ष शिव आचार्यको घरमा पार्किङ गरी राखिएको गाडीमा बम विस्फोट गराइएको छ। मंगलबार बिहान ३ बजेतिर उक्त विस्फोट गराइएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ। विसफोटबाट वडा अध्यक्ष आचार्यको पोखरा १७ विरौटा स्थित घरमा पार्किङमा रहेको ग २ च ४२६ नम्बरको हाइलक्स गाडीमा क्षति पुगेको छ […]

सीएमसीका विद्यार्थीको आन्दोलनप्रति विद्रोही नेकपाको ऐक्यबद्धता, विज्ञप्तिसहित

काठमाडौँ । शैक्षिक माफियाविरुद्ध चितवन मेडिकल कलेजका विद्यार्थीले अघि बढाएको आन्दोलनप्रति नेपाल कम्युनिस्ट पार्टीले ऐक्यबद्धता जनाएको छ । नेकपा चितवनले आइतबार एक विज्ञप्ति जारी गर्दै चितवन मेडिकल कलेज (सीएमसी) को होस्टलको क्यान्टिनमा पेस्तोल फेलापरेको भन्ने समाचारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको र उक्त घटना षड्यन्त्रपूर्ण र आपराधिक रहेको निष्कर्ष समेत निकालेको छ । नेकपा चितवनका इन्चार्ज […]

निसीखोला पुगेर देउवाले भने – ‘पश्चिम बागलुङलाई छुट्टै जिल्ला बनाउनुपर्ने स्थानीयको माग जायज’

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बागलुङलाई टुक्र्याएर दुई जिल्ला बनाउने पश्चिम बागलुङका सर्वसाधारणलाई पार्टीले समर्थन गर्ने बताएका छन् । कांग्रेसले आज बागलुङको निसीखोलामा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै देउवाले जनताको मागअनुसारकै संरचना हुनुपर्ने भन्दै पश्चिम बागलुङको मागमा आफ्नो पार्टीको समर्थन रहने बताएका हुन् । पश्चिम बागलुङलाई छुट्टै जिल्ला बनाउनुपर्ने भन्दै कांग्रेस त्यस […]

मिर्गौलाको डायलासिसका प्रधानमन्त्री ओली ग्राण्डी अस्पतालमा, कस्तो छ स्वास्थ्य अवस्था ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको डायलासिसका लागि ग्रान्डी अस्पताल पुगेका छन् । । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले दिएको जानकारी अनुसार प्रधानमन्त्री नियमित स्वास्थ्य परीक्षणका लागि केही समय अगाडि अस्पताल गएका छन् । केहीसमयको चेकजाँच पछि आइतबारै निवास फर्किने योजना रहेको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि कात्तिक ३० गते तेस्रो […]

पूर्व राष्ट्रपति डा. यादवको चिन्ता – चुरे नजोगाए अबको २० वर्षमा तराई मरुभूमि हुन्छ

सिन्धुली । पूर्व राष्ट्रपति डा.रामवरण यादवले चुरे नजोगाए अबको २० वर्षमा तराई मरुभूमि हुने भन्दै चिन्ता व्यक्त गरेका छन् । जनकपुरबाट काठमाडौं जानेक्रममा पारिवारिक भेटघाट भन्दै पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिएका डा. यादवले चुरे संरक्षणको चर्चा गर्दै २० वर्षे गुरुयोजना संसदमा अलपत्र परेको दुःखेसो पोखे । मधेसी तथा पहाडिया कुनै पनि संसदले चुरेको कुरा संसदमा नउठाउँदा आफूलाई […]

हतियार राखेर फसाउन खोजेपछि विप्लवपुत्र प्रकाशले निकाले यस्तो कडा विज्ञप्ति, विद्यार्थी आक्रोशित

काठमाडौँ । चिकित्सा शिक्षा सङ्घर्ष समितिका संयोजक प्रकाश चन्दले प्रहरी र प्रशासन मिलेर होस्टलमा हतियार राखी तस्बिर खिचाएर विद्यार्थीलाई फसाउन खोजेको भन्दै आक्रोश पोखेका छन् । साथै सरकारले मेडिकल माफियाको स्वार्थमा फसेर विद्यार्थी र अभिभावकको घाँटी रे’टि’र’हे’को बताएका छन् । नेकपा महासचिव विप्लवपुत्र समेत रहेका प्रकाश चन्दले आइतबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘राज्य […]