पूर्व राष्ट्रपति डा. यादवको चिन्ता – चुरे नजोगाए अबको २० वर्षमा तराई मरुभूमि हुन्छ

Machchapuchchre

सिन्धुली । पूर्व राष्ट्रपति डा.रामवरण यादवले चुरे नजोगाए अबको २० वर्षमा तराई मरुभूमि हुने भन्दै चिन्ता व्यक्त गरेका छन् । जनकपुरबाट काठमाडौं जानेक्रममा पारिवारिक भेटघाट भन्दै पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिएका डा. यादवले चुरे संरक्षणको चर्चा गर्दै २० वर्षे गुरुयोजना संसदमा अलपत्र परेको दुःखेसो पोखे ।

मधेसी तथा पहाडिया कुनै पनि संसदले चुरेको कुरा संसदमा नउठाउँदा आफूलाई चित्त दुःखेको गुनासो गर्दै पूर्व राष्ट्रपति यादवले चुरेको कानुन बनेर गुरुयोजना कार्यान्वयन नभए ५१ प्रतिशत बसोवास रहेको तराइ अबको ३० वर्षमा मरुभूमि बन्ने ठोकुवा गरे ।

पहाडको छातीमा यतिखेर करिव पौने दुईलाख वटा डोजर लगाएर चिरेको भन्दै पूर्व राष्ट्रपति यादवले तीनै तहका सरकारलाइ जथाभावी नगर्न चेतावनी दिए । पहाडमा मेसिन लगाइएको र चुरे दोहन उत्तिकै भएकाले यसले विनास निम्त्याउने काम गर्ने भन्दै उनले वैज्ञानिक हिसावले काम गरी वातावरण सन्तुलन राख्न आग्रह गरे ।

यस्तै उनले भारतसँगको सीमा विवाद राजनीतिक र कूटनीतिक तरिकाले समाधान गर्न पनि सरकारलाइ सुझाएका छन् । कालापानी नेपालकै भू-भाग भएको भन्दै पूर्व राष्ट्रपति यादवले दुई देश संवादमा बसेर समस्याको समाधान गर्नुपर्ने राय यसअघि नै व्यक्त गरिसकेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्