कानुन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै उपेन्द्र यादवले भने- ‘प्रधानमन्त्रीले बढी माया गर्नुभयो’

Machchapuchchre

काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । सोमबार सिंहदबारमा पुगेर उनले कानुन मन्त्रालयको पदभार ग्रहण गरेका हुन् । त्यस अवसरमा उनले आफूलाई प्रधानमन्त्रीले अलि बढी नै माया गरेर कानुन मन्त्रालयमा पठाएको प्रतिक्रिया दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद पुनर्गठन गर्दा उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

त्यही जिम्मेवारी ग्रहण गर्दै उनले त्यसलाई आफूले सामान्य रुपमा लिएको बताए । प्रधानमन्त्रीले आफूलाई अझ बढी अनुभवी होस्, धेरै मन्त्रालको अनुवभव होस् भनेर अलि बढी नै माया गरेर त्यस मन्त्रालयको जिम्मेवारी दिएको हुन सक्ने पनि मन्त्री यादवको भनाइ छ ।

यसैबीच, उपप्रधानमन्त्री एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यादवले अझै राम्रोसँग कार्य सम्पादन गर्न मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिए । उनले कुनै पनि समस्या आफूसँग निशंकोच राख्न पनि मातहतका सबै कर्मचारीलाई सचेत गराए । मन्त्रालयमा काम गर्ने क्रममा देखिएका कुनै पनि समस्या समाधानका लागि सचिवमार्फत आफू कहाँ आउँदा उपयुक्त हुने उनको भनाइ थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्