पद सम्हालेको चार दिन नबित्दै महाराष्ट्रका मुख्यमन्त्रीद्वारा राजीनामा

भारतको महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडनाविसले राजीनामा दिएका छन्। तीन दिनअघि मुख्यमन्त्रीको सपथ लिएका फडनाविसले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर राजीनामा दिएका हुन्। यसअघि आजै भारतको सर्वोच्च अदालतले उनलाई बुधबारसम्म विधान सभामा बहुमत देखाउन आदेश दिएको थियो। राजीनामा दिँदै फडनाविसले आफूहरूले कहिल्यै पनि शिवसेनालाई मुख्यमन्त्री दिने कुरा नभएको तर पछि चुनावी परिणाम आइसकेपछि बखेडा झिकेको बताए। […]

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, भेन्टिलेरबाट हटाइयो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य मंगलबारको भन्दा सुधार हुँदै गएको छ । बुधबार बिहान उनलाई भेन्टिलेटरबाट पनि हटाइएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘हिजोको भन्दा स्वास्थ्यमा सुधार भइरहेको छ र एनेस्थेसिया दिदादेखि राखिएको जुन भेन्टिलेटर थियो, त्यो पनि आज बिहान हटाइएको छ ।’ त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक […]

उपनिर्वाचन तयारीबारे आयोगद्वारा संसदीय समितिलाई जानकारी

काठमाडौं । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिलाई उपनिर्वाचनको तयारीबारे निर्वाचन आयोगले मंगलबार जानकारी गराएको छ । समितिका सभापति शशी श्रेष्ठको नेतृत्वमा रहेको समिति सदस्यलाई प्रमुख निर्वाचन आयुक्त दीनेशकुमार थपलियाले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । सबै मतपत्र र मतदाता परिचयपत्र सम्बन्धित प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा पुगिसकेको […]

भारतले नेपालमाथि पाकिस्तानलाई जस्तै व्यवहार गर्‍यो, ओली बोल्न सकेनन् : देउवा

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतले नेपालमाथि पाकिस्तानलाई जस्तै व्यवहार गरेको टिप्पणी गरेका छन् । कालापानी र सुस्ता क्षेत्रलाई विवादित भूमि भनेर मानेको तर अचानक नेपाली भूभागलाई आफ्नो नक्सामा पारेको उनले बताए । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै देउवाले भने, कालापानी र सुस्ता विवादास्पद ठाउँ हो भनेर उनीहरुले मानेका हुन् । अहिले अचानक जम्मू […]

सकियो प्रधानमन्त्री ओलीको एपेन्डिक्सको अपरेशन, कस्तो छ स्वास्थ अवस्था ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिक्सको शल्यक्रिया (एपेनडेक्टोमी) पूरा भएको छ । मंगलबार बिहान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका प्रधानमन्त्री ओलीको एपेन्डिक्समा संक्रमण (एपेन्डिसाइटिस) भएको देखिएपछि अपरेशन शुरु गरिएको थियो । एपेन्डिक्सको शल्यक्रिया (एपेनडेक्टोमी) सकिए पछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपरेशन थिएटरबाट क्याभिनमा सारिएको छ । प्रधानमन्त्री ओलीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर […]

स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओलीले त्रिवि शिक्षण अस्पतालमा

काठमाडौं- स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल गएका छन् । नियमित स्वास्थ्य परीक्षणका लागि ओली महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर सेन्टर गएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले  जानकारी दिए । ‘प्रधानमन्त्री नियमित स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर सेन्टर जानुभएको छ । उहाँ बिहान अस्पताल जानुभएको हो ।’ थापाले […]

उपनिर्वाचनलाई लघु जनमत संग्रहका रुपमा बुझौं : अर्जुन नरसिंह केसी

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहको उपनिर्वाचनलाई लघु जनमत संग्रहका रुपमा लिनुपर्ने बताएका छन् । कांग्रेस पोखरा महानगरपालिका–९ वडा कमिटिले सोमबार साँझ गरेको भेलालाई सम्बोधन गर्दै नेता केसीले लोकतन्त्र र एकदलीय शासन मध्ये कुन रोज्ने भन्ने कुराको लघु जनमत संग्रह उपनिर्वाचन भएको बताएका हुन । उनले बर्तमान सरकार […]

समाजवादी पार्टी वैकल्पिक राजनीतिक शक्ति – डा बाबुराम भट्टराई

काठमाडौं । समाजवादी पार्टीका सङ्घीय परिषद् डा बाबुराम भट्टराईले वैकल्पिक राजनीतिक शक्तिका रुपमा समाजवादी पार्टी आएको दावी गरेका छन् । कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको प्रचारप्रसारका क्रममा उनले यस्तो बताएका हुन् । सोमबार पोखरा महानगरपालिकाको वडा नं १५ र १७ मा घरदैलो गर्दै उनले देशमा पुराना पार्टीले पटकपटक जितेर पनि उही […]

भारतीय अतिक्रमणबारे सरकारले सार्थक पहल नगर्दा कांग्रेसले आशंका गरेको हो – प्रवक्ता शर्मा

पोखरा । कांगेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको सहमतिमा भारतले नक्सा बनाएको भन्ने सभापति शेरबहादुर देउवाको आरोपलाई पार्टी र सभापतिको ‘आशंका’ मात्रै रहेको बताएका छन् । शनिबार पोखरामा आयोजित चुनावी सभामा कांग्रेस सभापति देउवाले भारतले प्रधानमन्त्री ओलीसँग सल्लाहा गरेर कालापानी र लिपुलेक भारतमा समावेश गरेको नक्सा प्रकाशित गरेको आरोप लगाएका थिए ।। ‘ओलीको […]

देउवाले पोखरामा दिएकाे अभिव्यक्ति झुठो र अनैतिक भएको भन्दै प्रचण्डको आपत्ति

चितवन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालप्रचण्डले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सीमा समस्याका विषयमा प्रधानमन्त्री ओलीलाई आरोप लगाउँदै पोखरामादिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन् । भरतपुर महानगरपालिका–१६ को चुनावी सभामा बोल्दै प्रचण्डले भने, ‘त्योभन्दा अनैतिक र झुठो अभिव्यक्ति केही हुनसक्दैन । त्यो विक्षिप्त नभएको सामान्य मान्छेले बोल्न सक्ने भाषा हैन […]