स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओलीले त्रिवि शिक्षण अस्पतालमा

Machchapuchchre

काठमाडौं- स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल गएका छन् । नियमित स्वास्थ्य परीक्षणका लागि ओली महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर सेन्टर गएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले  जानकारी दिए ।

‘प्रधानमन्त्री नियमित स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर सेन्टर जानुभएको छ । उहाँ बिहान अस्पताल जानुभएको हो ।’ थापाले भने, यो उहाँको नियमित स्वास्थ्य परीक्षण हो । अस्पतालका चिकित्सकको सुझावका अनुसार स्वास्थ्य परीक्षणमा जानुभएको हो ।’ यसअघि प्रधानमन्त्री ओलीले ग्रान्डी अस्पतालमा चारपटक मिर्गौलाको डायलासिस गराएका थिए।

त्रिवि मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान सेन्टरमा भर्ना पुगेका प्रधानमन्त्री ओलीलाई चिकित्सकहरुले एपेन्डिसाइटिस भएको आशंका गरेका छन् । प्रारम्भिक परीक्षणबाट एपेन्डिसाइटिसको ‘सिन्टोमहरु’ देखिएको मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान सेन्टर स्रोतले जानकारी दियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्