समाजवादी पार्टी वैकल्पिक राजनीतिक शक्ति – डा बाबुराम भट्टराई

Machchapuchchre

काठमाडौं । समाजवादी पार्टीका सङ्घीय परिषद् डा बाबुराम भट्टराईले वैकल्पिक राजनीतिक शक्तिका रुपमा समाजवादी पार्टी आएको दावी गरेका छन् । कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको प्रचारप्रसारका क्रममा उनले यस्तो बताएका हुन् ।

सोमबार पोखरा महानगरपालिकाको वडा नं १५ र १७ मा घरदैलो गर्दै उनले देशमा पुराना पार्टीले पटकपटक जितेर पनि उही पुरातन सोचबाट बाहिर ननिस्किएका कारण समाजवादी पार्टीे नयाँ सोचका साथ राजनीतिमा आएको बताए ।

जनताका आशा एवं अपेक्षालाई समाजवादी पार्टीले पूरा गर्ने बताउँदै उनले कास्की क्षेत्र नं २ मा पार्टीका उम्मेदवार धर्मराज गुरुङलाई जिताएर देशका निम्ति नयाँ सन्देश दिन आग्रह गरे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्