भारतले नेपालमाथि पाकिस्तानलाई जस्तै व्यवहार गर्‍यो, ओली बोल्न सकेनन् : देउवा

Machchapuchchre

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतले नेपालमाथि पाकिस्तानलाई जस्तै व्यवहार गरेको टिप्पणी गरेका छन् । कालापानी र सुस्ता क्षेत्रलाई विवादित भूमि भनेर मानेको तर अचानक नेपाली भूभागलाई आफ्नो नक्सामा पारेको उनले बताए ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै देउवाले भने, कालापानी र सुस्ता विवादास्पद ठाउँ हो भनेर उनीहरुले मानेका हुन् । अहिले अचानक जम्मू कश्मीर हाल्यो, नेपालको पनि हालिदियो । पाकिस्तान र नेपाललाई बराबर जस्तो गरिदियो नि ।’ सभापति देउवाले भारतले नेपाल र पाकिस्तानलाई बराबरै हेर्दासमेत सरकारले केही गर्न नसकेको टिपपणी गरे।

‘काश्मीरको सबै भू-भागसँगै नेपालको पनि भू-भाग समेटर भारत सरकारले नक्सा जारी गरेकोबाट भारत सरकारले नेपाल र पाकिस्तानलाई बराबरै हेरेको बुझिन्छ,’ उनले भने, ‘भारतले पनि कालापानी र सुस्तालाई विवादित भूमि मान्दै आएको अवस्थामा कसरी त्यो पनि भू-भाग समेटेर नक्सा जारी गर्‍यो त्यसैले यसमा प्रधानमन्त्री केपी ओलीको पनि भूमिका प्रष्ट हुन्छ।’

नेपाललाई पाकिस्तान जस्तै बराबरै भारतले हेरेकोले सरकारलाई तत्काल अघि बढ्न छलफलका क्रममा आफूले भनेको तर हालसम्म केही गर्न नसकेको देउवाले बताए। ‘वालुवाटारमा भएको छलफलमा भारतले नेपाल र पाकिस्तानलाई बराबरै हेरेकाले सरकारलाई तत्काल नक्सा सच्याउन अघि बढ्न र आफूहरु साथमा भएको भनेका थियौं,’ उनले भने, ‘तर अहिलेसम्म सरकार खोई अगाडि बढ्न सक्यो?’ त्यसैले भारतले जारी गरेको नयाँ नक्सामा प्रधानमन्त्री ओलीको पनि सहमति रहेको प्रष्ट भएको उनले दोहोर्‍याए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्