सकियो प्रधानमन्त्री ओलीको एपेन्डिक्सको अपरेशन, कस्तो छ स्वास्थ अवस्था ?

Machchapuchchre

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिक्सको शल्यक्रिया (एपेनडेक्टोमी) पूरा भएको छ । मंगलबार बिहान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका प्रधानमन्त्री ओलीको एपेन्डिक्समा संक्रमण (एपेन्डिसाइटिस) भएको देखिएपछि अपरेशन शुरु गरिएको थियो । एपेन्डिक्सको शल्यक्रिया (एपेनडेक्टोमी) सकिए पछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपरेशन थिएटरबाट क्याभिनमा सारिएको छ । प्रधानमन्त्री ओलीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको शंक्रमण मुक्त (अति विशिष्ट) क्याभिनमा सारिएको हो ।

करिब ४५ मिनेट लगाएर अपरेशन गरिएपछि प्रधानमन्त्री ओलीलाई क्याभिनमा सारिएको अस्पताल प्रशासनले जनाएको छ । प्रधानमन्त्रीलाई अझै केही दिन अस्पतालमै राखिने एक चिकित्सकले जानकारी दिए । प्रधानमन्त्री ओलीलाई भेट्न स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसहित सत्तारुढ दल नेकपाका केही नेताहरु अस्प्ताल पुगे पनि भेटघाट गर्न भने दिइएको छैन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्