यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका १३ निर्णय

काठमाडौं । सरकारले २०७६ साल पुस ७ गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरेको छ । विहीवार सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मन्त्रिपरिषद्ले गरेको १३ निर्णय सार्वजनिक गरेका हुन् । मन्त्रिपरिषद् बैठकले चालु आवका लागि उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा हुने गरी मूल्य निर्धारण गरेको छ । त्यस्तै शहीद गंगालाल अस्पतालको कार्यकारी निर्देशकमा […]

आक्रोश र गोकुलसहित नेकपाका ५ नेता ८ महिनापछि रिहा

काठमाडौं । गिरफ्तार परेको ८ महिनापछि नेपाल कम्युनिष्ट पार्टीका ५ नेता रिहा भएका छन् । सर्वोच्चको आदेशमा बिहिबार नेकपा कास्कीका तात्कालिक जिल्ला सेक्रेटरी विवेक भण्डारी ‘आक्रोश’, काजी गुरुङ, विद्यार्थी नेता मिलन राई, तत्कालिन स्याङ्जा सेक्रेटरी गोकुल पराजुली र गोबिन्द ओलीसहित ५ जना नेताहरु रिहा भएका हुन् । अखिल क्रान्तिकारी कास्की र पृथ्वीनारायण क्याम्पस जिल्ला कमिटिको […]

राष्ट्रियसभा बैठकमा सांसद बिडारीको प्रश्न – राजश्व चुहिने प्वाल किन टालिँदैन ?

काठमाडौँ । राष्ट्रियसभाका सांसद रामनारायण बिडारीले राजश्व चुहावट हुने प्वाल किन नटालिएको भनेर प्रश्न गरेका छन् । राष्ट्रियसभाको बिहीबारको बैठकमा राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) पहिलो संशोधन विधेयकको विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफलमा भाग लिँदै उनले ५० प्रतिशत राजश्व चुहावट भइरहेको दाबी गर्दै त्यसलाई नियन्त्रण गर्नुपर्ने बताए । ‘जनताको पैसा सरकारको ढुकुटीमा आउनुपर्नेमा सरकारको ढुकुटीमा […]

संसदले बनाएको कानूनअनुसार गोकर्णको म्याद थपेका हौं – रक्षामन्त्री पोखरेल

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले संसदले बनाएको कानूनअनुसार नै गोकर्ण रिसोर्टको लिज अवधि थप गरिएको बताएका छन् । राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै नेपाल ट्रष्टका अध्यक्ष समेत रहेका मन्त्री पोखरेलले जवाफ लिएका हुन् । मन्त्रिपरिषद् वा नेता विशेषले निर्णय गरेर होइन, संसदले त्यो ऐन बनाएको हो’ उनले भने, ‘राहित अनुकुल […]

सरकार सकारात्मक भएन भने संघर्षको बाटो तय हुन्छ : राजेन्द्र महतो

काठमाडौँ १० पुस । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले सरकार सकारात्मक तरिकाले आएमा सरकारलाई सहयोग गर्न सकिने बताएका छन्।राजपा अध्यक्ष मण्डलका संयोजक महतोले पार्टीले राखेका मागहरु सम्बोधन गर्न तयार भएमा वर्तमान सरकारलाई सहयोग र समर्थन गर्न सकिने बताए। ‘हाम्रा मागहरु पुरा गर्ने सन्दर्भमा सरकारले आधारहरु तयार पार्यो भने हामी सँगै जान पनि […]

कांग्रेससँग मुद्दाका आधारमा सहकार्य – बाबुराम भट्टराई

काठमाडौं । सरकारबाट बाहिरिएको समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग मुद्दाका आधारमा सहकार्य हुने बताएका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गरेको जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा डा. भट्टराईले प्रतिपक्षी दलहरूसँग विचार र मुद्दाका आधारमा सहकार्य गरिने बताएका हुन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, प्रतिपक्षी […]

काठमाडौंको तापक्रम १ डिग्रीमा झर्‍यो, देशभर चिसोले जनजीवन कष्टकर

काठमाडौं । काठमाडौंसहित देशभर चिसो बढेको छ । आज (बिहीबार) काठमाडौंको तापक्रम १ डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो (बुधबार) काठमाडौँ उपत्यकाको तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको थियो । चिसो बढ्दै गएको र काठमाडौं उपत्यकाको तापक्रम दिनप्रतिदिन घट्ने क्रममा रहेको महाशाखाले जनाएको ५ । यसअघि मङ्गलबार काठमाडौंको न्यूनतम तापक्रम […]

कुराले मात्रै राष्ट्रियता बलियो हुँदैन – परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौँ — परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कुराले मात्रै राष्ट्रियता बलियो नहुने बताएका छन् । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदान सम्झौताबारे बुधबार संघीय संसद्को राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा मन्त्री ज्ञवालीले उक्त धारणा राखेका हुन् । मन्त्री ज्ञवालीले इन्डो-प्यासिफिक र एमसीसीलाई जोडेर हेर्नु आवश्यक नहुने भन्दै यी विषयमा नचाहिँदो हल्ला गरिएको टिप्पणी गरे। ‘एमसीसीबारे नेपालमा भएको […]

रौतहटमा भेटिएको बम नेपाली सेनाद्वारा निष्क्रिय

रौतहट । रौतहटको इशनाथ नगरपालिकाको कार्यालय परिसरमा राखिएको शंकास्पद बस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । इशनाथ-३ मा रहेको नगरपालिका कार्यालयमा अज्ञात व्यक्तिले झोलामा शंकास्पद रुपमा प्रेसरकुकर राखेका थिए । बिहान सवा नौ बजे कार्यालय परिसरमा झोलामा प्रेसरकुकर, तार तथा मोबाइल समेत जडान गरी राखेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । […]

धर्म–संस्कृति मानौं, तर प्रलोभनमा पारेर परिवर्तन नगराऔं – उपराष्ट्रपति

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले करकाप र प्रलोभनमा पारेर धर्म परिवर्तन नगराउन सबैमा आग्रह गरेका छन् । पछिल्लो समयदेखि क्रिश्चियन धर्मालम्बीमाथि आफ्नो धर्ममा तान्न नागरिकहरूलाई प्रलोभन देखाउने गरेको आरोप लाग्दै आइरहेकाे छ । यसैतर्फ संकेत गर्दै उपराष्ट्रपति पुनले त्यसो नगर्न आग्रह गरेका छन् । संविधानले सबै प्रकारका धर्म संंस्कृतिप्रति आस्था राख्न र त्यसको संरक्षण एवं सम्बद्र्धन […]