आक्रोश र गोकुलसहित नेकपाका ५ नेता ८ महिनापछि रिहा

Machchapuchchre

काठमाडौं । गिरफ्तार परेको ८ महिनापछि नेपाल कम्युनिष्ट पार्टीका ५ नेता रिहा भएका छन् । सर्वोच्चको आदेशमा बिहिबार नेकपा कास्कीका तात्कालिक जिल्ला सेक्रेटरी विवेक भण्डारी ‘आक्रोश’, काजी गुरुङ, विद्यार्थी नेता मिलन राई, तत्कालिन स्याङ्जा सेक्रेटरी गोकुल पराजुली र गोबिन्द ओलीसहित ५ जना नेताहरु रिहा भएका हुन् ।

अखिल क्रान्तिकारी कास्की र पृथ्वीनारायण क्याम्पस जिल्ला कमिटिको संयुक्त बैठक बसिरहरेको बेला गत जेठ २५ गते कास्कीको अन्नपूर्ण गाउँपालिकाबाट प्रहरीले १८ जनालाई गिरफ्तार गरेको थियो । त्यसमध्ये आक्रोश, गुरुङ र राईलाई पटकपटक अदालतले रिहा गर्न आदेश दिएपछि प्रहरी पुनः गिरफ्तार गर्दै आएको थियो ।

तर बिहिबार भने सर्वोच्चको आदेशमा उनीहरु रिहा भएका हुन् । त्यस्तै तत्कालिन स्याङ्जा सेक्रेटरी पराजुली र ओली भने १० महिनापछि रिहा भएका हुन् । उनीहरुलाई पनि पटक पटक अदालतले रिहा गर्न आदेश दिए पनि प्रहरीले विभिन्न बहानामा गिरफ्तार गर्दै आएको थियो ।

उता अदालतको आदेश अटेर गर्दै प्रहरीले फेरि अदालतबाटै पक्राउ गर्ने भएपछिनेकपाका २१ जना नेता कार्यकर्ता कारागार चलान भएका छन् । उता नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् मध्यपश्चिम कमान्ड इन्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ सहित २१ जना नेता–कार्यकर्तालाई सोमबार कारागार चलान गरिएको छ ।

जिल्ला अदालत दाङले जनही १५/१५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिए पनि प्रहरीले पुनः गिरफ्तार गर्ने तयारी गरेपछि नेकपा नेताहरूले धरौटी नबुझाएका कारण कारागार चलान गरिएको हो । जिल्ला न्यायाधीश रीतेन्द्र थापाको इजलासले वीरजङ्गसहित २१ जनालाई नै १५/१५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

नेताहरू वीरजङ्ग, केशबहादुर बाँठा, सविनलगायत २१ जनालाई दाङको राजपुर, मगराइनाबाट प्रहरीले मध्यरातमा बिनाकारण गिरफ्तार गरेको थियो । अदालतले रिहा गर्न आदेश दिदा दिदै पनि प्रहरीले नेकपा नेता कार्यकर्ताहरुलाई पटकपटक गिरफ्तार गर्दै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्