सरकार सकारात्मक भएन भने संघर्षको बाटो तय हुन्छ : राजेन्द्र महतो

Machchapuchchre

काठमाडौँ १० पुस । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले सरकार सकारात्मक तरिकाले आएमा सरकारलाई सहयोग गर्न सकिने बताएका छन्।राजपा अध्यक्ष मण्डलका संयोजक महतोले पार्टीले राखेका मागहरु सम्बोधन गर्न तयार भएमा वर्तमान सरकारलाई सहयोग र समर्थन गर्न सकिने बताए।

‘हाम्रा मागहरु पुरा गर्ने सन्दर्भमा सरकारले आधारहरु तयार पार्यो भने हामी सँगै जान पनि सक्छौ’ महतोले भने, ‘अहिलेसम्म सरकारले कुनै छाँटकाँट देखाएको छैन।’ सरकार सकारात्मक भएन भने संघर्षको बाटो तय हुन्छ माग पुरा गर्ने आश्वासनकै भरमा आफुहरु सरकारमा नजाने समेत महतोले बताए।

‘राष्ट्रिय सभा निर्वाचनका लागि नेकपासँग सहमति भएको भएर हामीलाई सरकारमा गइहाल्छ भनेका होलान। ती सबै बजारी हल्ला मात्रै हो’ उनले भने ,निर्वाचनका लागि गरेको तालमेललाई सत्ता गठबन्धनसँग जोड्न भएन।आफ्ना मुद्धालाई छोडेर सरकारमा जाने बारे सोच्नै सक्दैनौ।’ हामी उपेन्द्रजी जस्तो दौडेर सरकारमा जाँदैनौ नेकपासँगको चुनावी एकताले छलफलका लागि आधार तयार गरेपनि राजपाको मागबारे सरकारले छलफल नगरेको महतोले बताए।

संविधान संशोधन,मधेश आन्दोलनका क्रममा कार्यकर्तामाथि लगाइएका मुद्धा फिर्ता,जेलमा रहेका राजपा सांसद रेशम चौधरीको रिहा गर्नुपर्ने लगायतका मागहरुलाई राजपाले प्रमुख रुपमा राख्दै आएको छ। समाजवादी पार्टीले आफुहरुको माग अनुसार सरकार नछाडेको समेत महतोले स्पष्ट पारे। यद्धपी समाजवादी पार्टीसँगको एकता प्रक्रिया भने चलिरहने उनले बताए। ‘उपेन्द्रजीले हाम्रो भनाइ अनुसार सरकार छोड्या हो त । त्यो त हामीले ९ महिनादेखि भन्दै आएका छौ’, ‘महतोले भनेुहामी नौं महिनादेखि बार्तामै छौ। कति कुरा मिलिसकेको छ कति मिल्न बाँकी छ। कुरा मिल्नासाथ हामी एकतामा जान्छौ ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्